Jul 27 2026 | २०८३, श्रावण ११ गते

अनेरास्ववियुले भन्यो ६०/४० प्राबधान : युवालाई शिक्षण पेसामा आउन नदिने षड्यन्त्र

अनेरास्ववियुले भन्यो ६०/४० प्राबधान : युवालाई शिक्षण पेसामा आउन नदिने षड्यन्त्र

  • 1.1K
    SHARES

  • अनेरास्ववियुले भन्यो ६०/४० प्राबधान : युवालाई शिक्षण पेसामा आउन नदिने षड्यन्त्र

    साउन, ६ गते/ काठमाडौँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यालय शिक्षा विधेयकमा सहमती भएको ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्ला प्राबधान युवालाई शिक्षण पेसामा आउन नदिने षड्यन्त्र भएको बताएको छ।

    अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले सोमवार संगठनद्वारा राजधानीमा आयोजित शिक्षा पत्रकारहरू सँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

    'खासगरी हाम्रो संगठनको माग शतप्रतिशत खुल्ला प्रतिस्पर्धा हुनुपर्छ भन्ने हो, तर आजसम्म काम गरेका शिक्षकहरूको भूमिकालाई पनि अवमूल्यन गर्न सकिँदैन। त्यसैले उहाँहरूको सम्मानमा २५% आन्तरिक गर्न सकिन्छ भन्ने हाम्रो धारणा रहेको छ ।' अध्यक्ष कडरियाले भने । साधारण जनताका छोराछोरी पढ्ने स्कुलमा कम्प्रमाइज गरेर शिक्षक पठाउन खोजीयो भने अनेरास्ववियु चुप बस्दैन“ उनले भने ।

    शिक्षकहरू नै परीक्षाबाट भाग्ने हो भने उनीहरूले कस्ता विद्यार्थी उत्पादन गर्छन् भन्ने प्रश्न उठेको छ। कडरियाले भने 'यदि परीक्षामा जान शिक्षकहरूले अस्वीकार गर्ने हो भने उनीहरू गोल्डेन ह्यान्डसेक लिएर स–सम्मान बिदा हुनुपर्छ।'

    यसैगरी सार्वजनिक शिक्षाको सबलीकरण बहसमा धेरै सुनिए पनि यसको भित्री तहसम्म जान नसकेका कारण निजी शिक्षाको रफ्तार बढेको अनेरास्ववियुको बुझाई छ।

    images
    मंगलवार, श्रावण ७ २०८२०३:४९:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार