Oct 03 2026 | २०८३, आश्विन १७ गते

कक्षा १२ सम्मको शिक्षा निःशुल्क

कक्षा १२ सम्मको शिक्षा निःशुल्क

  • 468
    SHARES

  • कक्षा १२ सम्मको शिक्षा निःशुल्क

    साउन, ८ गते/ काभ्रे। जिल्लाको महाभारत गाउँपालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको छ । बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले "गाउँपालिकामा सञ्चालित सबै माध्यमिक विद्यालयहरुबाट माध्यमिक तह (कक्षा ९-१२) को शिक्षा निःशुल्क गर्ने संवैधानिक तथा कानूनी व्यवस्था लागु गर्ने" निर्णय गरेको हो।

    महाभारत गाउँपालिका अन्तर्गत कक्षा ९ देखि १२ सम्म सञ्चालित (साधारण तथा प्राविधिक धार) माध्यमिक विद्यालयहरुमा निःशुल्क (भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक बापतको शुल्क) रुपमा पठनपाठन गर्ने भएको छ।

    साथै यसअघि आधारभूत तह (कक्षा १-८) सम्म मिति २०८२।०२। ३० गते नै अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा भइसकेको छ।

    गाउँपालिकाभित्रका ५० विद्यालयमा ६ हजार ५४ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । गाउँपालिकाको यो निर्णयसँगै ६ हजारभन्दा बढी विद्यार्थीले निःशुल्क शिक्षाको अवसर पाएका छन् ।

    गाउँपालिकाभित्रका सबै साधारण र प्राविधिक धारमा कक्षा १ देखि १२ सम्म भर्ना शुल्क, मासिक, विविध शुल्क र राष्ट्रिय परिक्षा बोर्डले लिने शुल्क बाहेक कुनै पनि शुल्क तिर्ननपर्ने गाउँपालिकाका बताइएको छ।

    FB_IMG_1753370020184.jpg

     

    images
    बिहिवार, श्रावण ९ २०८२०९:१५:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार