Oct 03 2026 | २०८३, आश्विन १७ गते

काठमाडौंमा बस्ने ८० प्रतिशत युवाहरूले घरमै बसेर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री

काठमाडौंमा बस्ने ८० प्रतिशत युवाहरूले घरमै बसेर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री

  • 1.5K
    SHARES

  • काठमाडौंमा बस्ने ८० प्रतिशत युवाहरूले घरमै बसेर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौंमा बस्ने ८० प्रतिशत युवाहरूले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एमाले काठमाडौं महानगरपालिका १५ वडा कमिटीद्वारा एसईई सम्मान बधाई तथा शुभकामना दिँदै मन्त्री पन्तले यस्तो धारणा ब्यक्त गरेका हुन्।

    मन्त्री पन्तले अहिलेका युवाहरूले घरमै बसेर विदेशका विभिन्न कम्पनिबाट काम लिई ल्याप्टपबाट काम गरि पठाउँदा नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आम्दानी भएको बताए। उनले यस्ता कामलाई अझै बढी जोड दिए वार्षिक ८ लाख भन्दा बढी कमाउन सकिने बताए।

    हिजोको दिनमा जस्तो डाक्टर इन्जिनियर नै बन्नुपर्छ भन्ने नभई नयाँ नयाँ रोजगारिको क्षेत्र आएको छ त्यसैलाई सदुपयोग गर्न सक्यो भने पैसा कमाउन सकिने मन्त्री पन्तको भनाई छ। उनले आमा बुबाले पनि छोरा छोरिको रुचि के छ भन्नु भन्दा पनि मार्गनिर्देशन दिएर अगाडी बढ्न दिनुपर्ने बताए।

    मन्त्री पन्त भन्छ, ‘अहिले काठमाडौंमा ८० प्रतिशत युवाहरु जसले जागिर खाँदैनन् तरपनि उनिहरूले घर बसि बसि २ लाख भन्दा धेरै कमाउने गरेका छन्। त्यसको कारण भनेको विदेशका विभिन्न कम्पनिबाट काम लिएर ल्याप्टपबाट काम गरि पठाउने गरेका छन्। यस्तो जागिरबाट नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आइरहेको छ। यसलाई विकास गर्न सक्यो भने ८ खर्ब सम्म ल्याउन सक्छौँ।'

    images
    शनिवार, श्रावण ११ २०८२०२:००:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार