Jul 27 2026 | २०८३, श्रावण ११ गते

निजि बिधालयले नयाँ शैक्षिकसत्रमा लिइने शुल्क वैशाख १५ गतेभित्र निर्धारण गरिसक्नु पर्ने !

निजि बिधालयले नयाँ शैक्षिकसत्रमा लिइने शुल्क वैशाख १५ गतेभित्र निर्धारण गरिसक्नु पर्ने !

  • 773
    SHARES

  • निजि बिधालयले नयाँ शैक्षिकसत्रमा लिइने शुल्क वैशाख १५ गतेभित्र निर्धारण गरिसक्नु पर्ने !

    काठमाडौं महानगरपालिकामा सञ्चालित निजि विद्यालयलहरुले नयाँ शैक्षिकसत्रमा लिने शुल्कको विवरण आगामी वैशाख १५ गते भित्र महानगरको शिक्षा विभागमा बुझाइ सक्नु पर्ने भएको छ ।

    महानगरले २०७२ मा जारी गरेको निर्देशिका अनुसार शुल्क निर्धारण गरी समय सीमा भित्र विवरण बुझाउन सबै विद्यालयलाई सूचित गरेको छ ।

    विद्यालयले शुल्क निर्धारण गर्दा विद्यालय व्यवस्थापन समितिले बार्षिक कार्यक्रम बनाई संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ ले निर्धारण गरेको मापदण्ड अनुरुप निर्धारण गर्नुपर्ने छ ।

    काठमाडौ महानगर शिक्षा बिभागले जारी गरेको सूचनामा हरेक विद्यालयले निर्देशिकाले तोकेको शर्त पालना गर्ने गरी समयसीमा भित्र रहेर प्रस्ताव पेश गर्न निर्देशन दिएको छ ।

    हरेक विद्यालयले मनोमानी तरिकाले अत्यधिक शुल्क अशुल्ने गरेकाले यसलाई नियमन गर्न निर्देशिकाले व्यवस्था गरेको मापदण्ड अनुसार शुल्क निर्धारण गर्न निर्देशन दिइएको महानगर शिक्षा विभागले जानकारी दियो । काठमाडौ महानगरभित्र छ सय ४५ निजी विद्यालय सञ्चालनमा रहेको तथ्यांक छ ।

    संस्थागत बिधालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ ले प्रत्येक विद्यालयले वार्षिक कार्यक्रम तथा बजेटमा नै शुल्क निर्धारणको आधार तयार गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । सो अनुसार विद्यार्थीबाट लिएको शुल्कले शिक्षक कर्मचारीको तलब, छात्रवृत्ति, घरभाडा बैंक कर्जा, लगानी प्रतिफलको आंकलन गरेर शुल्क निर्धारण गर्नु पर्ने व्यवस्था गरेको छ । Screenshot_20210331-152640_Facebook.jpg

    निर्देशिका हेर्न तलको पिडिएफ लिङ्क मा गएर हेर्नुस !

    संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२

    images
    बुधवार, चैत्र १८ २०७७०८:४४:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार