सोमवार, श्रावण १३ २०८२
साउन, १२ गते। काठमाडौ बर्नहार्ट सेकेन्डरी स्कुल/कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण (Orientation) गरेको छ। काठमाडौ महानगर १४ बल्खुमा अवस्थित बर्नहार्ट स्कुल/ कलेजले आइतबार एक भब्य कार्यक्रमका बीच अभिमुखिकरण कार्यक्रम गरेको हो।

बर्नहार्टले आयोजना गरेको अभिमुखिकरण कार्यक्रमको संचालन अंग्रेजी डिपार्टका शिक्षक कमल पौडेलले गर्नुभयो। साथै कलेजका ब्यबस्थापन समितिका अध्यक्ष भुपेस छत्कुलीले पानसमा बत्ती बालेर अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्नुभयो ।

उक्त कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारी, प्रिन्सिपल पुरुसोत्तम बिष्ट, भाइस प्रिन्सिपल शिवराम रिजाल, प्रशासन प्रमुख रामचन्द्र थापा, बिहानी सिफ्ट कोर्डिनेटर मनोज बिष्ट, दिवा सिफ्ट कोर्डिनेटर रामकृष्ण पराजुली लगाएत संकाय प्रमुखहरु, बिभागीय प्रमुख र शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

अभिमुखिकरण कार्यक्रममा कलेजका अध्यक्ष भुपेस छत्कुलीले नयाँ भर्ना भएका विद्यार्थीहरुको सपना पूरा गर्ने बताउनुभयो । उहाँले बर्नहार्टले विद्यार्थीहरुलाई बिश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने ज्ञान, सीप र क्षमताको बिकास गर्ने बताउनुभयो।

त्यसैगरी अध्यक्ष भुपेश छत्कुलीले बर्नहार्टमा अध्ययन गरि देश र बिदेशमा समेत महत्वपुर्ण ठाउँहरुमा विद्यार्थीलाई देख्दा गर्व लाग्ने भन्दै कक्षा ११ का विद्यार्थीहरुले त्यो अनुरुप मिहेनत गर्नुपर्ने कुरामा जोड दिनुभयो।

त्यस्तै बर्नहार्टका प्रबन्ध निर्देशक नवराज अधिकारिले विद्यार्थीहरुको सिकाइ उपलब्धि र गुणात्मक बिकासका लागि उच्च अनुभवी तथा दक्ष शिक्षक, सुविधा सम्पन्न भौतिक संरचना भएकोले विद्यार्थीहरुले मिहेनत गरे बर्नहार्टबाट जीवन सफल बनाउने ज्ञान र सीप लिएर जाने बताउनुभयो।

अवसरहरु पटकपटक नआउने भन्दै अधिकारिले कलेजले प्रदान गरेको हरेक सुविधालाई सहि प्रयोग गर्न विद्यार्थीहरु आफै सक्रिय हुनुपर्ने र अवसरको सदुपयोग गर्नुपर्ने बताउनुभयो। साथै बर्नहार्टमा भर्ना भएरमात्रै सक्सेस हुदैन बरु विद्यार्थीहरुले निरन्तर मिहेनत गरे जिवनको लक्ष्य भेटाउन सकिने अधिकारीले बताउनुभयो। जीवनमा सफल हुन राम्रो र सहि निर्णय लिनुपर्ने भन्दै यदि राम्रो निर्णय लिनसक्यो भने सफलता पाउन सकिन्छ अधिकारीले भन्नुभयो।

अभिमुखिकरण कार्यक्रममा बर्नहार्ट स्कुलका प्रिन्सिपल पुरुषोत्तम बिष्टले मन्तव्य राख्नुभयो। उहाँले देशको विभिन्न भुगोलबाट कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै आउने २ बर्ष विद्यार्थीहरुको लागि सबैभन्दा महत्वपूर्ण समय रहने बताउनुभयो।

त्यसैगरी भाइस प्रिन्सिपल शिवराम रिजालले विद्यार्थीहरु स्वयं अनुशासन र आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने भन्दै आगामी २ बर्ष विद्यार्थीहरुको शैक्षिक ज्ञान र सीप संगसंगै नेतृत्व बिकास, ब्यबस्थापकीय ज्ञान सिर्जनात्मक क्षमता र पेशगत जीवनको बिकास गर्नमा लागिपर्ने बताउनुभयो। बर्नहार्टको २५ बर्षे यात्रा अत्यन्तै प्रगतिशील र चम्किलो रहेकोले देशमै टप ९ मा पर्न सफल कलेजमा परेको बताउनुभयो । बर्नहार्टमा हाल ७७ जिल्लाकै विद्यार्थीहरु अध्ययन अध्यापन गर्दै आएको बताउनुभयो।

त्यसैगरी अभिमुखिकरण कार्यक्रममा कलेजमा पालना गर्ने नियम, पढ्नुपर्ने बिषयबस्तु बारे विद्यार्थीहरुलाई सुचित गरेको थियो। बर्नहार्ट कलेजले आगामी साउन १३ गते देखि पठनपाठन सुचारु गर्दै छ ।




