Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा प्रेश्का र रेशम प्रथम ।

विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा प्रेश्का र रेशम प्रथम ।

  • 1.1K
    SHARES

  • विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा प्रेश्का र रेशम प्रथम ।

    साउन, १५ गते/ काठमाडौँ । माउण्ट ग्लोरी स्कुल, चागल, ताहाचल, काठमाण्डौमा कक्षा ६ – १० सम्मका विद्यार्थीहरूका बीचमा “पढाइभन्दा सीप र व्यवहार महत्वपूर्ण छ” भन्ने विषयमा वादविवाद कार्यक्रम सम्पन्न भएको छ ।

    अङ्ग्रेजी विभाग प्रमुख तथा उपप्राचर्य इन्द्र कुमार मगरज्यूको अध्यक्षतामा दुई चरणमा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सोही विद्यालयका प्राचार्यको गरिमामय उपस्थिति रहेको थियो । साथै विशेष अतिथिका रूपमा पत्रपर टंक प्रसाद जोशी र अन्य अतिथिका रूपमा अन्य विभाग प्रमुखहरु पनि उपस्थिति रहेको थियो ।

    IMG_5324.JPG

    पहिलो चरणको कार्यक्रम कक्षा ६ देखि ८ सम्म भएको र सञ्चालन शिक्षक सुरेन्द्र रोकायाले गर्नुभएको थियो भने मुल्याङ्कन शिक्षिका पार्वती सुवेदी र सुमित्रा श्रेष्ठले र समय सूचकको जिम्मेवारी तारा श्रेष्ठ सरले बहन गर्नुभएको थियो ।

    IMG_5338.JPG

    पहिलो चरणको कार्यक्रममा प्रथम स्थान कक्षा ८ कि प्रेश्का महर्जन्ले हासिल गरिन। त्यस्तै द्वितीय कक्षा ६ कि स्थान अञ्जली अर्याल कक्षा ६ कै आँचल श्रेष्ठ तृतीय र कक्षा ८ कि प्रतिक्षा बमले हासिल गरिन।

    Polish_20250731_201827980.jpg

    दोस्रो चरणको कार्यक्रम कक्षा ९ र १० को भएको र सञ्चालन तारा श्रेष्ठ सरले गर्नुभएको थियो भने मुल्याङ्कनको जिम्मेवारी बहन लक्ष्मण मरासिनी सर र कमला पौडेल म्यामले गर्नुभएको थियो, समय सूचकको भूमिकामा सङ्गीत महर्जन म्याम्ले र प्राविधिक सहयोगको लागि विप्लव खड्गी सर र अनुषा महर्जन म्याम रहनु भएको थियो ।

    दोस्रो चरणको कार्यक्रममा प्रथम स्थान कक्षा १० का रोशन खत्रीले प्रथम स्थान हासिल गरे। त्यस्तै द्वितीय स्थान कक्षा ९ कि प्राञ्जल मारासिनी, तृतीय स्थान कक्षा ९ कै आरोही श्रेष्ठ र चौथो स्थान कक्षा ९ कै सन्देश रोकायाले हासिल गरे।

    Polish_20250731_201258263.jpg

    उक्त प्रतियोगितामा बोल्दै संस्थापक प्रिन्सिपल गोपाल प्रसाद आचार्यले बादविबाद प्रतियोगिताले विद्यार्थीहरुको क्षमता निखार्नुका साथै तार्किक सीपको बिकास हुने बताउनुभयो।

    IMG_5328.JPG

     

    images
    बिहिवार, श्रावण १६ २०८२०८:०२:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार