Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्दछ : विद्यार्थी संगठन।

शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्दछ : विद्यार्थी संगठन।

  • 1.1K
    SHARES

  • शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्दछ : विद्यार्थी संगठन।

     साउन, १६ गते। काठमाडौं । १६ विद्यार्थी संगठनले विद्यालय शिक्षा ऐनमा शिक्षक नियुक्ति प्रक्रिया समावेशीताको आधारमा सत प्रतिशत खुला हुनुपर्ने माग गरेका छन् । शुक्रवार एक संयुक्त बिज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा ऐनमा शिक्षक नियुक्ति प्रक्रिया सत प्रतिशत गर्नुपर्ने सरकारसँग माग राखेका हुन् ।

    विद्यार्थी संगठनहरुले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि ऐन जारी हुन नसक्नुमा सरकार दोषी रहेको बताएका छन्। सत्तारुढ तथा प्रतिपक्ष दल निकट १६ विद्यार्थी संगठनले विद्यार्थीका मुद्दा र विधेयकप्रति सरकारले उपेक्षा गरेको जनाएका छन् ।

    विद्यार्थीहरुले विद्यालय शिक्षा विधेयक विद्यार्थीमैत्री माग गरेका छन् । संविधानको धारा ३१ मा व्यवस्था भए बमोजिम माध्यमिक तहसम्मको शिक्षा पूर्णत: नि:शुल्क प्राप्त गर्न पाउनुपर्ने व्यवस्था लागु गर्न माग गरिएको छ ।

    शिक्षा ऐन, २०२८ अनुसार सबै प्रकारका शिक्षक र कर्मचारीहरूको व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने विद्यार्थी संगठनहरुको निचोड छ । विद्यार्थी संगठनहरुले विद्यालय शिक्षा विधेयक माथिको छलफलमा विद्यार्थी संगठनहरूलाई समेत सहभागिता गराउनुपर्ने माग गरेका छन् ।

    साथै विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूको ऐनमा व्यवस्था भए अनुसार स्ववियु वा कल्याण परिषद्को निर्वाचन गराउन समेत माग गरेका छन् ।

    हेर्नुहोस् विज्ञप्ति :

    FB_IMG_1754031175978.jpg

    images
    शुक्रवार, श्रावण १७ २०८२०१:३०:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार