Jul 27 2026 | २०८३, श्रावण ११ गते

तक्षशिला एकेडेमीको अभिमुखीकरण कार्यक्रम सम्पन्न- साउन १९ देखि कक्षा सञ्चालन गर्ने ।

तक्षशिला एकेडेमीको अभिमुखीकरण कार्यक्रम सम्पन्न- साउन १९ देखि कक्षा सञ्चालन गर्ने ।

  • 450
    SHARES

  • तक्षशिला एकेडेमीको अभिमुखीकरण कार्यक्रम सम्पन्न- साउन १९ देखि कक्षा सञ्चालन गर्ने ।

    साउन, १७ गते/ काठमाडौँ । टोखा नगरपालिका वडा नम्बर ७ खरिबोटस्थित तक्षशिला एकेडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण (Orientation) गरेको छ। बिहीवार टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम गरेको हो।

    IMG-20250731-WA0001.jpg

    अभिमुखीकरण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले विद्यार्थीहरुलाई बिशेष मन्तव्य दिनुभयो। संसारमा जे जति मानिसहरु सफल भएका छन, त्यो शिक्षा र ज्ञान नै हो भन्दै मेयर अधिकारीले शिक्षित मानिसले मात्रै जिवनको गहिराइ बुझ्न सक्ने बताउनुभयो।

    FB_IMG_1754113703277.jpg

    मेयर अधिकारीले टोखा नगरपालिका भित्र कुनैपनी बालबालिका पढाईबाट बञ्चित हुनुनपर्ने बताउनुभयो । पैसा नै नभएको कारण ले म पढ्न पाइन भन्यो भने टोखा नगरपालिकाले त्यसको लागि छात्रवृत्ति कोष बनाएको छ । नगर प्रमुख अधिकारीले बताउनुभयो ।

    उक्त कार्यक्रममा तक्षशिलाका प्रिन्सिपल नेत्र प्रसाद न्यौपानेले विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नुभयो। कक्षा ११ र कक्षा १२ विद्यार्थीहरुको पहिलो स्टेज हो भन्दै दुई वर्ष मेहनत गरेर पढ्नुभयो भने विद्यार्थीहरुको भविष्य सफल हुने बताउनुभयो। विद्यार्थीहरु आफ्नो रुचीको बिषय पढ्नुस् न्यौपानेले भन्नुभयो, पढाईको गुणस्तरमा ध्यान दिन्छौ।, विद्यार्थीको भविष्य शुनिष्चित गर्न पाठ्यक्रम संगै त्यसभन्दा बाहिका बिषयबस्तुमा समेत ध्यान दिन्छौं। तर अभिभावकहरुले यसबेला आफ्नो बच्चाहरुलाई बिशेश ख्याल गर्नुपर्छ न्यौपानेले भन्नुभयो।  तक्षशिला एकेडेमीले ग्लोबली प्रतिस्पर्धा गर्नसक्ने नागरिक उत्पादन गर्नमा ध्यान दिएको प्रिन्सिपल न्यौपानेले बताउनुभयो ।

    FB_IMG_1754106137718~2.jpg

    तक्षशिला एकेडेमीले साउन १९ गते सोमवारबाट कक्षा ११ को  पठनपाठन संचालन गर्ने भएको छ।

    उक्त कार्यक्रममा टोखा नगरपालिकाका शिक्षाशाखा प्रमुख लगाएत विद्यालयका बिभागीय प्रमुख लगाएत शिक्षक तथा विद्यार्थीहरुको सहभागी रहेको थियो।

    IMG-20250731-WA0002.jpg

    करीब २६ वर्षअघि शिक्षाका विशिष्ट व्यक्तित्व प्रोफेसर डा. जयराज आचार्यको नेतृत्वमा स्थापना गरिएको तक्षशिला एकेडेमीले पछिल्ला वर्षहरूमा राजधानीकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा आफूलाई स्थापित गरेको छ। सामाखुसीस्थित रिङरोडबाट आफ्नै अत्याधुनिक शैक्षिक भवनमा स्थानान्तरण भइसकेपछि यो कलेजले गुणस्तरीय शिक्षाको पर्यायको रूपमा पहिचान बनाउँदै आएको छ।

    ‘शेपिङ योर माइन्ड’ नारालाई आत्मसात गरी सञ्चालनमा रहेको तक्षशिला एकेडेमीले कक्षा ११ र १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, बिजनेस स्टडीज, पत्रकारिता, होटल म्यानेजमेन्ट तथा कम्प्युटर साइन्स लगायतका विषयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। स्नातक तहका विभिन्न विषयहरूमा समेत अध्ययनको व्यवस्था रहेको छ।

    images
    शनिवार, श्रावण १८ २०८२११:२७:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार