शनिवार, श्रावण १८ २०८२
साउन, १७ गते/ काठमाडौ । कुलेश्वर आवास माध्यामिक बिद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरु केन्द्रित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौ महानगर वडा १४ को कुलेश्वरस्थित बुढानिलकण्ठ मोडेललमा संचालित सो बिद्यालयले अभिमुखिकरण कार्यक्रम एक सम्पन्न गरेको हो।
कार्यक्रममा भाइसप्रीन्सिपल सुरेस सुवेदीले विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नुभयो। उहाँले SEE मा जस्तोसुकै नतिजा आएपनी आगामी दिनहरुमा सुधार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। अहिलेको युग बहुप्रतिस्पर्धात्मक भएको भन्दै विद्यार्थीहरुले कठीन मिहेनत गरेर मात्रै सफलता हासिल गर्न सक्ने बताउनुभयो।

तस्तै कार्यक्रममा स्कुलका कोर्डिनेटर तथा कुलेश्वर आवास क्याम्पसका साहयक क्याम्पस प्रमुख प्रकाश भण्डारिले आजको विद्यार्थीहरु भोलिको देश निर्माण गर्ने जनशक्ति भएकोले कुलेश्वर आवासमा अध्यान गर्न आउनुभएका विद्यार्थी भाइबहिनीहरुलाइ त्यो हैसियतमा पुर्याउन स्कुलले मिहेनत गर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरु समयको ब्यबस्थापन गरि आफ्नो अध्यायन र अन्य रचनात्मक क्रियाकलापमा सहभागी भइ आफ्नो र अभिभावकको सपना पुरागर्न समर्पित हुनुपर्ने बताउनुभयो।
अभिमुखिरण कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति, स्कुलका प्राचार्य तथा कुलेश्वर आवास क्याम्पसका प्रमुख मेगराज दुलालले कुलेश्वर आवास बिद्यालय शैक्षिक तथा भौतिक संरचनामा समेत अब्बल रहेको बताउदै SEE उत्तीर्ण गरेर कक्षा ११ मा पढ्न आउनुभएका नयाँ विद्यार्थीहरुलाई बधाइ तथा आगामी भविष्यको शुभकामना व्यक्त गर्नुभयो। सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित गैरनाफामुखी सँस्था भएकोले निम्न आयस्तर भएका अभिभावकहरुले समेत अध्यायन अध्यापन गराउन सक्ने बताउनुभयो।
प्राचार्य दुलाले शिक्षकहरुले विद्यार्थीलाई पढाउन भन्दा पहिला कक्षाकोठामा गएर विद्यार्थीहरुको स्मस्या बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरुलाई हाम्रो सोसाइटी अनुसार ब्यबाहार गर्नुपर्ने बताउनुभयो।
अभिमुखिकरण कार्यक्रममा प्रीन्सिपल दुलालले बिद्यालयले शिक्षण सिकाइ प्रकृयामा कक्षाकोठामा ICT को प्रयोग, Activity Base Learning, र Non vailence communication (NVC) मा मुख्य ध्यान दिने गरेको बताउनुभयो।
झण्डै ९ रोपनी जग्गाला भौतिक सुबिधासम्पन्न कुलेश्वर आवास बिद्यालय २०६६ सालदेखी मोडेल स्कुलको रुपमा संचालन हुँदै आएको छ। स्कुलले आगामी भदौ ९ गते देक्गी कक्षा संचालन गर्ने जनाएको
कार्यक्रममा कक्षा १२ का विद्यार्थी रञ्जित सुवेदी विद्यार्थीको तर्फबाट स्वागत मन्तव्य दिनुभयो र शिक्षक बिजया गिरि शिक्षकको स्वागत मन्तव्य दिनुभयो । उक्त कार्यक्रम शिक्षक पृथ्वी मगरले सञ्चालन गर्नुभयो।
कुलेश्वर आवास माद्यामिक विद्यालयले साउन १९ गतेबाट कक्षा ११ को पठनपाठन शुरु गर्ने भएको छ।