Jul 27 2026 | २०८३, श्रावण ११ गते

नागार्जुन नगरपालिका स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न

नागार्जुन नगरपालिका स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न

  • 695
    SHARES

  • नागार्जुन नगरपालिका स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न

    साउन, १७ गते काठमाडौँ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नागार्जुन नगरपालिकाले अन्तर-विद्यालय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ। शुक्रवार रानिवनस्थित सभ्यता पाठशालामा नगरपालिका स्तरीय अन्तर -विद्यालय हिज्जे प्रतियोगिता सम्पन्न गरेको हो।

    IMG_5739~2.JPG

    प्रतियोगितामा विद्यार्थीहरूबीच कडा प्रतिस्पर्धा भए पनि अन्ततः रानिबनस्थित बाटिका स्कुलले प्रथम स्थान हासिल गर्यो। त्यस्तै प्रतियोगितामा सितापाईलास्थित ज्योती एकेडेमीले द्वितीय स्थान र सानोभर्‍याङस्थित चेतनासदन स्कुलले तृतीय स्थान हासिल गर्यो। उक्त प्रतियोगितामा भिमढुङ्गास्थित श्री नविनज्योती स्कुल र रानिबनस्थित नागार्जुन भ्याली स्कुलले सान्त्वना पुरस्कार हासिल गरे।

    IMG_5794~2.JPG

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा प्याब्सन काठमाडौ जिल्ला उपाध्यक्ष सुर्य भण्डारीले विद्यार्थीहरूमा नेपाली भाषाप्रति रुचि र शुद्ध हिज्जे लेख्नेतर्फ जागरुकता बढाउन यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने बताउनुभयो।

    IMG_5728~2.JPG

    उक्त प्रतियोगिता नागार्जुन प्याब्सनका अध्यक्ष वासुदेव घिमिरेको सभापतित्व तथा प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष सुर्य भण्डारिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नागर्जुन नगरपालिकाका उपाध्यक्ष डि.बि. ढकाल, सल्लाहकार युवराज बस्ताकोटी लगाएत विभिन्न स्कुलका प्रिन्सिपल तथा शिक्षकहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम प्याब्सन नागार्जुनका सचिव प्रकाश शाहिले सञ्चालन गर्नुभयो। 

    IMG_5738~2.JPG

    कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले नेपाली हिज्जे प्रतियोगिताले नेपाली भाषा र साहित्यमा विद्यार्थीको लगाव बढ्ने बताउनुभयो। निजि विद्यालयहरुलाई अंग्रेजीमात्रै पढायो भन्ने आरोप लाग्ने गरेको भन्ने कुराको खण्डन गर्दै नेपाली भाषा, संस्कृति जगेर्नामा पनि निजि विद्यालयहरू लागिपरेको घिमिरेको भनाई छ। घिमिरेले आगामी दिनमा पनि यस्ता शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    IMG_5751~3.JPGIMG_5754 (1)~2.JPGIMG_5756~2.JPGIMG_5761~2.JPGIMG_5766~2.JPG

    images
    शनिवार, श्रावण १८ २०८२०८:५०:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार