आइतवार, श्रावण १९ २०८२
साउन, १८ गते/ काठमाडौँ। संस्कारयुक्त शिक्षा भन्ने मूल मन्त्रका साथ विगत २० औं वर्षदेखि उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्दै आएको एडमार्क एकेडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। शनिवार काठमाडौँ को भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा एक भब्य कार्यक्रमका विच स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमको अध्यक्षता एड-मार्क एकेडमीका अध्यक्ष पुरुषोत्तम अधिकारीले गर्नुभयो । साथै अतिथिको रुपमा एकेडमीका प्राचार्य शिवप्रसाद अधिकारी, साहयक प्रिन्सिपल प्रकाश लम्साल, कोर्डिनेटर तथा मोटिभेसन स्पिकर बलराम गैरे, परीक संयोजक माधव प्रसाद उप्रेती, प्रशासकीय प्रमुख दिपक अधिकारी, लगाएत शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भमा काउन्सिलर बलराम गैरेले विद्यार्थीहरुलाई उत्प्रेरक भनाईहरु मार्फत सकारात्मक उर्जा प्रदान गर्नुभयो । काउन्सिलर गैरेले सफलता पाउनको लागि मेहनत गर्नुपर्ने बताउनुभयो । मेहनत बिना सफलता हासिल गर्न सक्दैन गैरेले भन्नुभयो, तपाईं अहिले जहाँ हुनुहुन्छ त्यही बाट उठ्नुपर्छ।'

उक्त कार्यक्रममा कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण र कक्षा १२ दिएर बसेका विद्यार्थीहरुलाई सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै प्राचार्य शिव प्रसाद अधिकारीले नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै, जुनसुकै विषय अध्ययन गरे पनि असल, सक्षम र योग्य व्यक्तित्व निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीहरूलाई शैक्षिक यात्रामात्र नभई जीवनका सबै आयाममा सफल बन्न प्रेरित गर्नुभयो। आफ्नो लक्ष्य र उदेश्य पुरा गर्न जिम्मेवारीपुर्वक अध्ययनलाई अगाडि बढाउँदै विद्यार्थीहरुले कठिन मिहेनत गरेर मात्रै सार्थकता प्राप्त गर्न सकिने प्राचार्य अधिकारीले बताउनुभयो ।

त्यसैगरी एडमार्क एकेडमीका अध्यक्ष तथा कार्यक्रमका सभापति पुरुषोत्तम अधिकारिले अभिभावकहरुको सपना पूरा गर्न विद्यार्थीहरुको कठिन मिहेनतगर्नुपर्ने बताउनुभयो। लगनशिलताले नै सफलता प्राप्त गर्न सकिने भन्दै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरु पनि पठनपाठनमा ध्यान दिई अभिभावक र आफू पढेको कलेजको गरिमा बढाउने बिश्वास ब्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा कक्षा १२ दिएर बसेका विद्यार्थीगरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो। साथै कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए।

बि.सं. २०५६ मा स्थापना भएको एड- मार्क एकेडेमीले मन्टेश्वरी देखी स्नातकोत्तर तहहम्म अध्ययन अध्यापन गर्दै आएको छ। सर्वशुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस एकेडमीले कक्षा ११ र १२ मा Science, Management, Humanities र Law संकायका सबै विषय अध्ययन अध्यापन गर्दछ भने स्नातक तहमा BBS, BA, BSW, र BCA तथा स्नातकोत्तर तहमा MBS बिषय अध्ययन अध्यापन गर्दै आएको छ।
एडमार्क एकेडेमी कलेजले कक्षा ११ को पठनपाठन साउन १९ गते सोमवारबाट संचालन गर्ने भएको छ।

