सोमवार, श्रावण २० २०८२
साउन, १९ गते/ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा संचालन भएको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे बैठक बोलाइएको छ ।
नतिजा सार्वजनिक गर्न आइतबार डेमो परीक्षण गरिएको थियो।
गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।