Oct 02 2026 | २०८३, आश्विन १६ गते

सानद्वारा आयोजित अन्तर-विद्यालय हिज्जे प्रतियोगिता सम्पन्न

सानद्वारा आयोजित अन्तर-विद्यालय हिज्जे प्रतियोगिता सम्पन्न

  • 941
    SHARES

  • सानद्वारा आयोजित अन्तर-विद्यालय हिज्जे प्रतियोगिता सम्पन्न

    साउन, २१ गते/ काठमाडौँ । स्कुल एसोसिएसन नेपाल (सान) द्वारा आयोजित हिज्जे प्रतियोगिता सम्पन्न भएको छ। मंगलबार सानका अध्यक्ष दिलिप रेग्मिको सभापतित्व तथा स्वयम्भूस्थित त्रीरत्न स्कुलको प्राचार्य डा. कुन्दन लामाको संयोजकत्वमा अन्तर- विद्यालय हिज्य प्रतियोगिता २०८२ सम्पन्न भएको हो।

    IMG-20250806-WA0077.jpg

    स्वयम्भूस्थित त्रीरत्न स्कुलमा आयोजित उक्त प्रतियोगितामा प्रथम स्थान नागार्जुन नगरपालिकाको रानिवनस्थित बाटिका स्कुलले प्रथम स्थान हासिल गर्यो। त्यस्तै द्वितीय स्थान प्रसिद्ध मोडेल स्कुल, तृतीय स्थान पिपुल्स फ्रेण्डसिप स्कुलले हासिल गर्यो। त्यसैगरी कामना इन्टरनेशनल स्कुल, लिटिल क्लाइमबर स्कुल र अन्नपूर्ण विद्या सदन स्कुलले सान्त्वना पुरस्कार हासिल गरे। उक्त प्रतियोगितामा विजेता विद्यार्थिहरुले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए।

    IMG_6340~2.JPG

    प्रतियोगितामा सान आबद्ध २० विद्यालय मध्य १३ वटा विद्यालयका ३९ जना विद्यार्थी सहभागी रहेका थिए। प्रतियोगितामा कक्षा ४,५ र ६ का विद्यार्थी सहभागी रहेका थिए।

    प्रतियोगितामा अन्नपूर्ण विद्या सदनका प्रिन्सिपल तथा सानका उपाध्यक्ष प्रकाश मरासिनीले स्वागत मन्तव्य दिनुभयो। त्यसैगरी सानका सल्लाहकार युवराज बस्ताकोटिले मन्तव्य दिनुभयो। उहाँले शिक्षकले मेहनत गर्यो भने विद्यार्थीहरुले सिक्नसक्ने तर विद्यार्थीले पनि त्यो अनुरुप मेहनत गर्नुपर्ने बताउनुभयो।  

    IMG_6300.JPG

    कार्यक्रममा सानका अध्यक्ष दिलिप रेग्मिले हिज्जे (हिज्या / spelling) प्रतियोगिता विद्यार्थीहरूको समग्र बिकासमा महत्त्वपूर्ण हुने बताउनुभयो । अध्यक्ष रेग्मीले पढाई संगसंगै स्मार्ट क्रियाकलापहरु आयोजना गर्दै विद्यार्थीहरुको Creativity क्षमता बिकासको लागि कार्य गर्ने बताउनुभयो ।

    उक्त कार्यक्रममा बोल्दै त्रिरत्न स्कुलका प्राचार्य डा. कुन्दन लामाले हिज्जे प्रतियोगितामा सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो। प्राचार्य लामाले हिज्जे प्रतियोगिताले शब्दकोषको ज्ञान, भाषिक दक्षता आत्मविश्वास र स्मरण गर्ने बानिको बिकास गर्ने बताउनुभयो ।

    IMG_6273.JPG

    उक्त कार्यक्रममा प्रमुख अतिथि  प्रलाद दाहाल केंद्रीय अध्यक्ष नेपाल डेरी एसोसिएशन अध्यक्ष रोटरी क्लब कपन वाईस चेयरमैन यूनाइटेडनेचर इंटरनेशनल पीस नेपाल सदस्य AFNCCI) विशेष अतिथि वडा १५ कि मैया लक्ष्मी महर्जन महानगरपालिका सदस्य र वडा १५ विद्यालय संयोजक समाज सेवी बीजू श्रेष्ठ लगाएत विभिन्न स्कुलहरुको प्रिन्सिपक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।

    IMG_6271.JPGIMG_6324~2.JPGIMG_6327~2.JPGIMG_6308.JPGIMG_6301.JPGIMG_6294.JPG

    images
    बुधवार, श्रावण २२ २०८२११:३०:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार