Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल शिक्षक महासंघको बैठक बस्दै ।

नेपाल शिक्षक महासंघको बैठक बस्दै ।

  • 732
    SHARES

  • नेपाल शिक्षक महासंघको बैठक बस्दै ।

    साउन, २२ गते काठमाडौँ। शिक्षा समितिले विधेयक पारित गर्ने नेपाल शिक्षक महासंघले दिएको अल्टिमेटम सकिएसंगै महासंघले पनि बैठक १ बजेका लागि बोलाएको छ । महासंघले ऐन जारी गर्न सरकारलाई २१ साउन (आज) सम्मको समय दिएको थियो ।

    महासंघले दिएको अल्टिमेटम सकिएपछि थप रणनीति बनाउन बैठक बोलाएको बताइएको छ।

    महासंघले गत चैत २० देखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको थियो । र, १७ वैशाखमा असार १५ भित्र ऐन जारी गर्ने सहमति भएको थियो । तर, सहमति अनुसार ऐन जारी नभएपछि फेरि आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।

    समितिको बैठकपछि आफ्नो धारणा सार्वजनिक गर्ने तयारी महासंघको छ ।

    आजै शिक्षा समितिको बैठक दिउँस १ बजे शिक्षा समितिको बैठक पनि बस्दै छ। स्रोतका अनुसार बैठकले शिक्षा बिधेयक पारित गर्ने तयारी रहेको बताइएको छ।

    images
    बिहिवार, श्रावण २३ २०८२११:०३:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार