Jul 27 2026 | २०८३, श्रावण ११ गते

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश: एसइई बारे पछि निर्णय हुने !

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश: एसइई बारे पछि निर्णय हुने !

  • 2.5K
    SHARES

  • सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश: एसइई बारे पछि निर्णय हुने !

    कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिश गरेको छ ।

    यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो ।

    आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिश गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिश अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

    यो संगै जेठमा हुने बिधालय तहका परिक्षा समेत प्रभावित हुने सम्भावना देखिएको छ। श्रोतका अनुसार बिद्यालय तहमा एसइई परिक्षा को बारे भने पछि निर्णय लिइनेछ। 

     

    images
    आइतवार, बैशाख १२ २०७८०९:०४:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार