Jul 27 2026 | २०८३, श्रावण ११ गते

राहत संगठनका अध्यक्ष धामी लेख्छन्, आफ्नो सुरक्षाको लागि आफै लडौं ! बिद्रोह !

राहत संगठनका अध्यक्ष धामी लेख्छन्, आफ्नो सुरक्षाको लागि आफै लडौं ! बिद्रोह !

  • 839
    SHARES

  • राहत संगठनका अध्यक्ष धामी लेख्छन्, आफ्नो सुरक्षाको लागि आफै लडौं ! बिद्रोह !

    साउन, २३ गते/काठमाडौँ । नेपाल राहत शिक्षक संगठनको केन्द्रिय अध्यक्ष नवीन सिंह धामिले बिद्रोह भन्दै आफ्नो सुरक्षाको लागि आफै लड्नुपर्ने बताएका छन। सामाजिक संजाल फेसबूकमा अध्यक्ष धामिले 'बस्ती बस्तीबाट उठौं जागौं लागौं' भन्दै सबै एकजुट भै लडे अवस्य जितिने धारणा ब्यक्त गरेका हुन्।

    हिजोको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधी समितिको बैठकले हामी अस्थायी प्रकृतिका शिक्षकहरुको अपमानजनक ढंगले बिस्थापित गर्ने गरि हामी राज्यद्वारा शोषित पीडित वर्गलाई न्याय दिनुको साटो अन्याय हुने गरि शिक्षा विधेयकका  अगाडि बढाएको धामिले बताएका छन्।

    बिषयगत समितिका  सबै माननीय ज्यूहरूको प्रस्तुतिले उहाँहरु निजी विद्यालय मैत्री तथा सामुदायिक शिक्षक र सामुदायिक शिक्षा बिरोधी रहेको प्रष्ट भएको छ धामिले भनेका छन् ।

    हिजोको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधी समितिको बैठकले हामी अस्थायी प्रकृतिका शिक्षकहरुको अपमानजनक ढंगले बिस्थापित गर्ने गरि हामी राज्यद्वारा शोषित पीडित वर्गलाई न्याय दिनुको साटो अन्याय हुने गरि शिक्षा विधेयकका  अगाडि बढाईएको  छ ।

    विगतमा गरिएका सम्झौता अनि नजीरहरु नजर अन्दाज गर्दै २०२८ को भन्दा पश्चगामी शिक्षक बिरोधी ऐन हामीलाई कदापी स्विकार्य नभएको भन्दै धामिले बिषयगत समितिका  सबै माननीय ज्यूहरूको प्रस्तुतिले उहाँहरु निजी विद्यालय मैत्री तथा सामुदायिक शिक्षक र सामुदायिक शिक्षा बिरोधी रहेको प्रष्ट भएको बताएका छन्।

    धामिले लेखेका छन, यस्तो संगीन घडीमा एकापसमा झुटा आरोप र प्रत्यारोप लगाएर फेशबुकमा अनेक भ्रम फैलाएर टिकाटिप्पणी गरेर हामी सुरक्षित हुदैनौं। सरकारले हामीलाई सिध्याउन खोजेको छ हाम्रो लडाइ राज्य संग हो, हामी २०६३ देखि नै निरन्तर न्याय प्राप्तिको लागि पेशागत सुरक्षाका लागि लडिरहेका छौं । 

    आउनुहोस् शिक्षक र सामुदायिक शिक्षा बिरोधीहरुलाई परास्त गर्न एकताबद्ध भइ न्याय प्राप्तिको लागि ऐतिहासिक शैक्षिक बिद्रोहमा सबै स्वाभिमानी शिक्षक कर्मचारी समाहित बनौं !!! आफ्नो सुरक्षाको लागि आफैं लडौं !!! बस्ती बस्तीबाट उठौं जागौं लागौं ! सबै एकजुट भै लडे अवस्य जितिन्छ ! विद्रोह! '

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार