Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेसनल प्याब्सन टोखाद्वारा शैक्षिक गोष्ठी : विद्यार्थीको प्रश्न, बौद्धिक पलाएन रोक्न के गर्नुपर्ला ?

नेसनल प्याब्सन टोखाद्वारा शैक्षिक गोष्ठी : विद्यार्थीको प्रश्न, बौद्धिक पलाएन रोक्न के गर्नुपर्ला ?

  • 1.6K
    SHARES

  • नेसनल प्याब्सन टोखाद्वारा शैक्षिक गोष्ठी : विद्यार्थीको प्रश्न, बौद्धिक पलाएन रोक्न के गर्नुपर्ला ?

    साउन, २४ गते/काठमाडौं ।  नेसनल प्याब्सन टोखा नगरपालिकाले शैक्षिक गोष्ठी आयोजना गरेको छ। शुक्रवार सामाखुसीस्थित तक्षशिला एकेडेमीमा उक्त शैक्षिक गोष्ठी सम्पन्न गरेको छ ।

    IMG_6458.JPG

    उक्त गोष्ठी नेसनल प्याब्सन टोखाका अध्यक्ष बलराम भट्टको सभापतित्व मा नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष सुवास न्यौपाने, केन्द्रिय सदस्य तथा तक्षशिला एकेडेमीका प्रिन्सिपल नेत्र प्रसाद न्यौपाने, केन्द्रिय सदस्य तथा स्कुल कान्सिलर हिम्मत दाहल, प्रदेश अध्यक्ष डिएन महतो, सचीव सेरबहादुर पौडेल, कोषाध्यक्ष गणेश श्रेष्ठ, काठमाडौ, जिल्ला अध्यक्ष अमृत कुमार खड्का, सचिव रामबाबु सेढाई लगाएत शिक्षा क्षेत्रका विज्ञ तथा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    IMG_6497~2.JPG

    विद्यार्थीहरु आफैं कार्यक्रम सञ्चालकदेखि वक्तासम्म थिए । जसमा स्कुल काउन्सिलर तथा नेसनल प्याब्सनका केन्द्रिय सदस्य हिक्मत दाहलले सहजिकरण गरेका थिए। उक्त कार्यक्रममा विद्यार्थीहरुले विद्यालयमा विद्यार्थी मैत्री वातावरण बारे, छात्रा शिक्षा बारे, विद्यार्थी जिवनमा AI को भुमिका बारे (Role of AI in Students Life) सामाजिक समस्या, बैज्ञानिक खोज, फोहोर ब्यबस्थापन तथा विद्यालयमा हुने Bullying बारे छलफल गरेका थिए।

    IMG_6486.JPG

    विद्यार्थीहरुले विद्यालयमा विद्यार्थीमैत्री वातावरणको आवश्यकता र महत्वबारे छलफल गरेका थिए। छलफलका क्रममा उनीहरूले सिकाइमा सहजता, शिक्षक–विद्यार्थी सम्बन्ध सुधार, र सबैलाई समान अवसर दिने वातावरणबारे आफ्ना विचार प्रस्तुत गरे। त्यस्तै विद्यार्थीमैत्री वातावरणका विभिन्न पक्षहरूबारे अन्तरक्रियात्मक छलफल गरे। छलफलमा सुरक्षित, सहयोगी र सम्मानजनक कक्षा वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषयमा विचार विनिमय भयो।

    सोही कार्यक्रममा छात्रा शिक्षाको महत्वबारे पनि चर्चा गरियो। सहभागीहरूले सबै बालिकाहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिए। अभिभावक, शिक्षक र समुदायको सक्रिय भूमिकाले मात्र छात्रा शिक्षामा हुने अवरोधहरू घटाउन सकिने निष्कर्ष निकालियो।

    IMG_6465 (1).JPG

    उक्त कार्यक्रममा विद्यार्थीहरुले AI (Artificial Intelligence) आजको विद्यार्थी जीवनको एउटा महत्वपूर्ण साथी जस्तो बनिसकेको र यसले विद्यार्थीको अध्ययन, अनुसन्धान, सिर्जनशीलता, र भविष्यको तयारीमा ठूलो योगदान पुर्‍याइरहेको बारे छलफल गरे।

    त्यसैगरी विद्यार्थीहरुले सामाजिक समस्या, वैज्ञानिक खोज, फोहोर व्यवस्थापन र विद्यालयमा हुने Bullying बारे समेत छलफल गरे। सामाजिक समस्या (Social Problems) अन्तर्गत बेरोजगारी, गरिबी, जातीय भेदभाव, बालविवाह लागाएत बिबिध विषयमा छलफल गरे।

    IMG_6541.JPG

    त्यस्तै विद्यार्थीहरुले वैज्ञानिक खोज (Scientific Discoveries) अनुसन्धान र प्रयोगमार्फत नयाँ तथ्य, सिद्धान्त वा प्रविधि पत्ता बिषयमा अन्तरक्रिया समेत गरे।

    अहिलेको हाम्रो मुख्य समस्या फोहोर व्यवस्थापन (Waste Management) बारे फोहोरलाई सुरक्षित, उपयोगी र वातावरणमैत्री तरिकाले संकलन, वर्गीकरण र नष्ट गर्ने बिषयमा गम्भीरता पुर्वक छलफल गरे।

    IMG_6461.JPG

    त्यस्तै विद्यालयमा विद्यार्थीबीच वा विद्यार्थीमाथी गरिने दुर्व्यवहार बारे छलफल गरे। उनिहरुको दुर्ब्यावहारले पीडितको मानसिक, शारीरिक वा भावनात्मक क्षति पुर्‍याउँने बारे गम्भीर छलफल गरे।

    उक्त कार्यक्रमको प्यानल डिस्कसनमा बोल्दै प्रमुख अतिथि नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष सुवास न्यौपानेले विद्यार्थीहरूको प्रस्तुति उत्कृष्ट लागेको बताउनुभयो ।

    कार्यक्रम विद्यार्थीहरुले नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष सुवास न्यौपाने र टोखा नगरपालिका एनप्याब्सनका अध्यक्ष बलराम भट्टलाई शिक्षाका बिबिध विषयमा प्रश्नहरु गरेका थिए ।

    गोष्ठीमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले अन्तरक्रियात्मक छलफलहरू गरेका थिए । विद्यालयमा विद्यार्थी मैत्री वातावरण बारे, छात्रा शिक्षा बारे, विद्यार्थी जिवनमा AI को भुमिका बारे (Role of AI in Students Life) सामाजिक समस्या, बैज्ञानिक खोज, फोहोर ब्यबस्थापन तथा विद्यालयमा हुने Bullying जस्ता ज्वलन्त मुद्दाहरू छलफलमा समेटिएका थिए । ती मुद्दाहरुमा विद्यार्थीहरुले प्रश्नउत्तरको माध्यमबाट व्यवस्थित छलफल गरेका थिए ।

    IMG_6475.JPG

    कार्यक्रमको अन्तिम शत्रमा टोखा नगरपालिका नेसनल प्याब्सनका अध्यक्ष बलराम भट्ट र नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष सुवास न्यौपाने वक्ता थिए । उक्त सत्रमा तीन जना विद्यार्थीले दुबै जनालाई प्रश्नहरू सोधेका थिए ।  उनिहरुले नेपालको शिक्षा क्षेत्रमा भएका समस्या बारे र त्यसका समाधान बारे प्रश्नोत्तर गरेका थिए ।

    सोही क्रममा एक जना विद्यार्थीले  अध्यक्ष न्यौपानेलाई सोधिन्, हरेक बालबालिकाको उज्वल भविष्यका लागि Quality Education Enhance कसरी गर्नुपर्ला ?  जवाफमामा प्रमुख अतिथि न्यौपानेले quality एजुकेशन दुइटा कुरामा भर पर्छ। पहिले  skilled base Curriculum, दोस्रो Effective Teaching Learning , यो दुइटा कुरालाई राम्रो बनाउन सकेउँ भने  Quality Education राम्रो दिनसक्छौं। त्यसको Outcome राम्रो हुन्छ। त्यस्तै Skill based Education भनेको समयसापेक्ष शिक्षा हो। आजको २१औं सताब्दिमा अहिलेको आवस्यकता के हो ? अहिलेको अवस्थामा समय सापेक्ष शिक्षा, अहिलेको सन्दर्भमा राष्ट्रिय उदेश्य के हो ?  बिशिस्ट उदेश्य के हो ?  तहगत उदेश्य के हो ? कक्षागत उदेश्य के हो ? यो सबै कुराहरुको योजना बनाएर मुलुकले Curriculum बनाउनु पर्ने बताउनुभयो ।

    अर्का विद्यार्थीले नेपालमा बौद्धिक पलायन रोक्न के गर्नुपर्ला ? बौद्धिक पलायन हुनुका कारणहरु के के होलान ? भनेर प्रश्न गरेकी थिइन। जवाफमा अध्यक्ष न्यौपानेले नेपालको सबैभन्दा ठूलो मुद्दा र समस्या बौद्धिक पलायन भएको हो। त्यो पनि निजि स्कुललाई बढी आरोप लाग्छ। तर तपाईहरुलाई के Suggestion दिन चाहन्छु भने बिदेश पढ्न जाने कुरा नराम्रो होइन। बिदेशबाट शिक्षा लिनुहुन्न भन्नेकुरा म पनि मान्दैन। केही Renowned विश्वविद्यालयहरु बिदेशमा छन्। तर नेपालको विश्वविद्यालय शिक्षा र त्यसको गुणस्तर कमजोर भन्ने चै होइन। यहाँ पनि फ्रेस छ। तपाईँहरुले अर्को दिमाग नलगाउदा हुन्छ। उता गएर म राम्रो बन्छु भन्ने सोच गलत हो ।  २१ औं सताब्दिमा नयाँखालका Curriculum अहिलेको आवश्यकता अनुरुप सबै किसिमका पाठ्यक्रम नभएकोले नेपालका विश्वविद्यालयले अहिलेको आवश्यकता अनुरुपका पाठ्यक्रम बनाईनुपर्छ। पढ्दै कामगर्ने वातावरण हुनुपर्छ। पढाई कमजोर छ भन्ने मेरो बिचार होइन। तपाईहरुले बिदेशको यथार्थ बुझ्नुस्। त्यहाँ के छ भने तपाईहरु सबै भाइबहिनीले मनन गर्नुहोला, यहाँबाट Student भिषा लिएर जानुहुन्छ। त्यहाँ महंगो शुल्क छ। तपाईहरुले कमाएर पढ्न सक्ने अवस्था छैन। अहिले विद्यार्थीहरुलाई काम गर्दै पढ्ने अवस्था बिदेशमा पनि छैन। तपाईहरु फूल Scholarship पाउनुभयो भने जानुस् । 80% Students हरुले University को Course गरेको छैन। उहाँहरुले Vocational Course मात्रै गर्नुहुन्छ र Job मा लाग्नुहुन्छ। त्यसैले तपाइहरु विश्वविद्यालय शिक्षा नेपालमै पढ्नुस। बरु पछि गएर Masters मा वा Phd. गर्न जाँदा राम्रो हुन्छ। पढ्न गएपनि बसाईसराई नै गरेर जाने कुरा गलत छ। त्यहाँ गएर तेस्रो दर्जाको नागरिक नबन्नुस्। पढेर पनि नेपालमै फर्किनुस्। नेपाललाईनै कर्म भुमि बनाउनुस्। यसरी मुलुकलाई सफल बनाउने प्रयास गरौँ, न्यपानेले भन्नुभयो ।

    यस्तो कार्यक्रम (छलफल, विचार-विमर्श, कार्यशाला आदि) ले विद्यार्थीहरूमा जागरूकता बढाउने कार्य गर्नका साथै सचेतना, सीप, र सहकार्य तीनैको विकास गर्छ, जसले विद्यार्थीलाई जिम्मेवार नागरिक र सक्रिय समस्या समाधानकर्ता बनाउन मद्दत पुर्‍याउने कार्य गर्ने आयोजकहरूले जनाएका छन्।

    images
    शनिवार, श्रावण २५ २०८२०३:४३:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार