Oct 02 2026 | २०८३, आश्विन १६ गते

उपत्यकाव्यापी अन्तर - विद्यालय मौलिक तिज नृत्य प्रतियोगिता हुँदै।

उपत्यकाव्यापी अन्तर - विद्यालय मौलिक तिज नृत्य प्रतियोगिता हुँदै।

  • 511
    SHARES

  • उपत्यकाव्यापी अन्तर - विद्यालय मौलिक तिज नृत्य प्रतियोगिता हुँदै।

    साउन, २८ गते/ काठमाडौँ। शंखमूसस्थित नेरिक एकेडेमीको आयोजनामा र नेपाल मनोरञ्जन व्यवसायी प्रतिष्ठानको सहकार्यमा उपत्यकाव्यापी अन्तर-विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता आयोजना हुने भएको छ। विद्यार्थीहरुमा धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले उपत्यकाव्यापी अन्तर-विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता २०८२ आयोजना हुने भएको हो।

    प्रतियोगिता साउन ३१ गते शनिबार बिहान १०:३० बजेबाट नेरिक एकेडेमीको प्राङ्गणमामा हुने छ। भने प्रतियोगितामा विभिन्न ४० विद्यालय सहभागी जनाउने आयोजक विद्यालयका प्रिन्सिपल मिलन केसीले बताउनुभयो।

    IMG_6792~2.JPG

    प्रतियोगितामा सहभागीताको लागि टिम दर्ता शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ, र विद्यालयमार्फत फाराम भरेर आगामी साउन ३० गते दिउँसो २ बजेभित्र बुझाउनुपर्ने स्कुलका प्रिन्सिपल मिलन कँडेल क्षेत्रीले जानकारी दिए ।

    प्रतियोगितामा सहभागी विद्यार्थीहरुले मौलिक तीज गीतमा आधारित नृत्य प्रस्तुत गर्नुपर्नेछ। भने फ्युजन गीतलाई मान्यता दिइने छैन। प्रस्तुति अधिकतम ६ मिनेटमा सीमित हुनुपर्नेछ। उक्त समय नाघेमा अंक कटौती गरिनेछ। स्टेजमा अतिरिक्त सजावट वा गीतमा संवाद प्रयोग गर्न पाइने छैन। प्रत्येक समूहमा अधिकतम १६ र न्यूनतम १२ जना सदस्य रहनेछन्।

    उक्त प्रतियोगितामा सहभागी हुने प्रथम, द्वितीय र तृतीय टोलीलाई क्रमशः नगद २० हजार, १५ हजार र १० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै चौथो र पाँचौँ हुने टोलीलाई ५–५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

    उक्त प्रतियोगितामा छैटौँ देखि दशाैँ स्थान हासिल गर्ने टीमलाई ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ भने उत्कृष्ट कोरियोग्राफी गर्ने टोलीलाई पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ।

    उक्त प्रतियोगिताले विद्यार्थीहरुमा नेपाली मौलिक परम्परा र संस्कृति बारे जागरुक बनाउने साथै विद्यार्थीहरूको आत्मविश्वास, सांस्कृतिक चेतना र सामाजिक सहभागिता बढाउन मौलिक संस्कृतिप्रति गर्व गर्ने भावना जागृत गर्ने र विद्यार्थीहरूलाई सृजनात्मकतामा प्रोत्साहित गर्ने नेरिक एकेडेमीका प्रिन्सिपल मिलन केसीले बताउनुभयो।

    विद्यालयस्तरमै भव्य र व्यवस्थित रूपमा आयोजना हुने यो प्रतियोगिताबाट विद्यार्थी, शिक्षक, अभिभावक र समुदायमा सकारात्मक ऊर्जा पैदा हुनेछ। साथै, तीज पर्वलाई शिव–पार्वतीको दिव्य मिलनको प्रतीकका रूपमा प्रस्तुत गर्दै, यसलाई महिला सशक्तीकरण, पारिवारिक एकता, धार्मिक आस्था र सांस्कृतिक समृद्धिको सन्देश फैलाउने अवसरका रूपमा उपयोग गरिनेछ।

    हालका वर्षहरूमा देखिएको पाश्चात्य शैलीको गीत–नृत्यतर्फको आकर्षणलाई सन्तुलित गर्दै मौलिक गीत–संगीत र पोशाकलाई प्राथमिकता दिने यो प्रतियोगिता सांस्कृतिक संरक्षण र प्रवर्द्धनको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

    images
    बुधवार, श्रावण २९ २०८२०७:१४:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार