Oct 02 2026 | २०८३, आश्विन १६ गते

पाठ्यक्रम बिकास केन्द्रद्वारा कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइयो

पाठ्यक्रम बिकास केन्द्रद्वारा कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइयो

  • 643
    SHARES

  • पाठ्यक्रम बिकास केन्द्रद्वारा कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइयो

    साउन, २८ गते/काठमाडौँ । पाठ्यक्रम बिकास के द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइएको छ । बुधबार पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले त्रुटि सच्याइएको जानकारी दिएको हो ।

    कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकको पाठ ५ पृष्ठ सङ्ख्या ५४ को बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको 'यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने....’ भन्ने गीतको रचनाकार अम्बर गुरुङ भनी उल्लेख भएकामा सोको आधिकारिकता खोजी गर्दा उक्त गीतको रचना राजेन्द्र थापाले गरेको पुष्टि भएको पाठ्यक्रम विकास केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

    पाठ्यपुस्तकमा सोहीबमोजिम सच्याइएको हुँदा सम्बन्धित शिक्षण संस्थाहरूले अद्यावधिक तथ्यअनुसार शिक्षण सिकाइ क्रियाकलाप गर्न/गराउन आग्रह समेत गरेको छ ।

    FB_IMG_1755098749740.jpg

    images
    बुधवार, श्रावण २९ २०८२०९:१५:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार