Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय शिक्षा विधेयक : नमिलेका विषय थाती राख्दै प्रतिवेदन लेख्ने काम सकियो

विद्यालय शिक्षा विधेयक : नमिलेका विषय थाती राख्दै प्रतिवेदन लेख्ने काम सकियो

  • 1.0K
    SHARES

  • विद्यालय शिक्षा विधेयक : नमिलेका विषय थाती राख्दै प्रतिवेदन लेख्ने काम सकियो

    साउन, २९ गते/ काठमाडौं । विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको निर्देशन अनुसार सचिवालयले नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकाएको हो ।

    समितिले २२ साउनमा सचिवालयलाई प्रतिवेदनल लेख्न निर्देशन दिएको थियो । ‘प्रतिवेदन लेखनको काम सकिएको छ,’ समिति सचिव दशरथ धमलाले भने ।

    एमाले सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदन अघिल्लो बैठकमा परिमार्जनसहित पारित गरेपछि समिति सचिवालयले प्रतिवेदन तयार पारेको हो ।

    २२ साउनमा बसेको समितिको बैठकले नमिलेका विषय परामर्श समन्वय उपसमितिबाट सहमति जुटाउने निर्णय गरेको थियो ।

    नमिलेको विषय मध्य निजी विद्यालयको छात्रवृत्तिसम्बन्धी विवाद अझै टुंगिएको छैन । यस सम्बन्धमा निजि विद्यालय संचालकहरुले आजबाट देशव्यापी आन्दोलन शुरु गरेका छन् ।

    images
    बिहिवार, श्रावण ३० २०८२०८:३०:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार