शुक्रवार, श्रावण ३१ २०८२
३० साउन, काठमाडौँ। नेपाल राष्ट्रिय अभिभावक संघले विद्यालय बन्द गरेर गरिने आन्दोलन प्रती गम्भीर असहमति रहेको जनाएको छ। बिहिबार एक बिज्ञप्ति जारी गर्दै बालबालिका विद्यालयमा गई नियमित रूपमा पढ्न लेख्न पाउने अधिकारलाई कुनैपनि सरोकारवाला पक्षले नजरअन्दाज गर्न नहुँने भन्दै असहमति जनाएको हो ।
एउटा वाल/वालिका विद्यालयमा गई नियमित रुपमा पढ्न लेख्न पाउने अधिकारलाई कुनैपनि सरोकारवाला पक्षले नजरअन्दाज गर्न भन्दै विद्यालय बन्द गरी गरिने कुनैपनि शैक्षिक हडताल /आन्दोलनबाट निर्बाध रूपमा पढ्न पाउने मौलिक अधिकार कुण्ठित भई त्यसबाट पर्ने नकारात्मक मनोवैज्ञानिक असरप्रति ध्यानाकृष्ट भएको जनाएको छ ।
आगामी दिनहरुमा पनि विद्यालय बन्द गरी गरिने आन्दोलनप्रति गम्भीर असहमति रहँनेछ । अवका भावि दिनहरुमा पनि उपर्युक्त सम्भावित परिस्थिति सृजना हुन नदिन देश भरका सबै अभिभावक लगायत सरोकारवालाहरु सचेत भई आफ्नो शैक्षिक अधिकारप्रति सजग वनिदिनु हुन हार्दिक अपिल गर्दछौं, बिज्ञप्तिमा भनिएको छ।