Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेरीक अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न- गोल्डेन पिक स्कुललाई उपाधी

नेरीक अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न- गोल्डेन पिक स्कुललाई उपाधी

  • 910
    SHARES

  • नेरीक अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न- गोल्डेन पिक स्कुललाई उपाधी

    साउन, ३१ गते/ काठमाडौं– काठमाडौंको शंखमुलस्थित नेरीक एकेडेमीले आयोजना गरेको अन्तर-विद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ। नेरिक एकेडेमीको आयोजनामा र नेपाल मनोरञ्जन व्यवसायी प्रतिष्ठानको सहकार्यमा विद्यार्थीहरुमा धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर-विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता सम्पन्न भएको हो।

    IMG_8058~2.JPG

    उक्त प्रतियोगितामा प्रथम पुरस्कार गोल्डेन पिक स्कुलले २० हजार रुपैयाँ, द्वितीय स्थान हासिल गर्दै कस्मिक इन्टरनेशनल एकेडेमीले १५ हजार रुपैयाँ, तृतीय स्थान एआइए स्कुलले १० हजार रुपैयाँ तथा चौथो स्थान एन्जल लर्ड एकेडेमी र पाँचौं बेदव्यास बोर्डिङ स्कुलले पाँचौ सान्त्वना स्वरुप जनही ५ हजार रुपैयाँ प्राप्त गरे। र साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

    IMG_8117.JPGIMG_8111.JPG

    उक्त प्रतियोगितामा काठमाडौं भ्याली स्कुलले छैटौं, न्यू नलेज स्कुलले सातौ, नविन ज्योति स्कुलले आठौ, नेसनल मोडल स्कुलले नवौं र नेक्सस स्कुलले स्थान हासिल गर्न सफल भए। प्रतियोगितामा उत्कृष्ट १० टिमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।IMG_8103.JPGIMG_8099 (1).JPG

    प्रतियोगितामा उपत्यकाभरिबाट २६ विद्यालयले सहभागिता जनाएका थिए। प्रतियोगितामा सहभागी समूहहरूले तीज विशेष गीतमा आधारित अधिकतम पाँच मिनेटभित्रको नृत्य प्रस्तुत गरेका थिए।

    IMG_8096.JPGIMG_8090.JPG

    कार्यक्रममा प्रमुख अतिथि एमाले उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको हातबाट पुरस्कार वितरण गरिएको त्जियो। कार्यक्रममा बोल्दै शाक्यले विद्यार्थीहरूको सिर्जनशीलता र सांस्कृतिक चासोलाई प्रशंसा गर्दै भन्नुभयो, “यस्ता प्रतियोगिताहरूले नयाँ पुस्तामा संस्कृतिप्रतिको लगाव बढाउने मात्र होइन, नेपालीपनको पहिचानलाई पनि बलियो बनाउन सहयोग गर्छ।”

    IMG_8025 (1)~2.JPG

    कार्यक्रममा नेरीक एकेडेमीका प्रिन्सिपल मिलन कँडेल क्षेत्रीले तीज नृत्य मौलिक प्रतियोगितामार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने मात्र होइन, नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पनि सन्देश दिन चाहेको बताउनुभयो।

    IMG_8034~2.JPG

    तीज नृत्य प्रतियोगिताको अवसरमा राष्ट्रिय गायक तथा विभिन्न राष्ट्रिय कलाकारहरुलाई सम्मान गरिएको थियो।

    IMG_8075.JPGIMG_8018.JPG

    images
    शनिवार, श्रावण ३२ २०८२०८:३६:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार