शनिवार, श्रावण ३२ २०८२
साउन, ३० गते। काठमाडौँको छाउनीस्थित माउन्ट ग्लोरी इङ्लिस बोर्डिङ स्कुलले एसईई २०८१ मा ४.०० जिपिए सहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ। शनिवार विद्यालयमा एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई बिभिन्न पुरस्कार एवं सम्मान सहित बिदाई गरेको हो।

यस विद्यालयबाट कुल ३४ जना मध्येबाट कृपा श्रेष्ठले ४ जिपिए र बाँकी विद्यार्थीले उत्कृष्ट जिपिए ल्याएर उत्तीर्ण गरेका थिए।
विद्यालयका संस्थापक प्राचार्य गोपाल प्रसाद आचार्यको सभापतित्व तथा काठमाडौँ महानगरपालिका वडा १३ का कार्यबाहक वडाध्यक्ष तथा शिक्षा बिभाग वडा नं १३ का संयोजक रामबाबु कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा एसईई २०८१ मा ४ जिपिए ल्याउने कृपा श्रेष्ठ लाई नगद २५ हजार सहित सम्मान गरिएको थियो।

बिदाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रिन्सिपल गोपाल प्रसाद आचार्यले एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै लामो समयदेखि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा ल्याउने गरेको बताउनुभयो।

एसईई जिन्दगीको सुरुवात मात्रै हो। आचार्यले भन्नुभयो, 'अहिले सबै ढोका पार गरेजस्तो उत्साहित मात्रै नहुनुस्। कम्तीमा ५ देखि ६ बर्ष मेहनत गर्नुस् अनि पछि सुख पाइन्छ। सपना पूरा हुन्छ।' आचार्यले छोराछोरीहरुले आफ्नो बुबाआमाले देखेको सापना पूरा गर्नुपर्ने बताउनुभयो । विद्यार्थीहरु संस्कारी हुनुपर्छ आचार्यले भन्नुभयो, 'बाआमाले संस्कार दिनुस् हामी शिक्षा दिन्छु। हामी संस्कारी हुन जरुरी छ।'

प्राचार्य आचार्यले विद्यार्थीहरुलाई भन्नुभयो, 'भाग्य बनाउन कर्म गर्नुपर्छ। भाग्य कर्मले बनाउने हो। कर्मै नगरे भाग्यले पूरा हुदैन।'
उक्त कार्यक्रममा प्रमुख अतिथि रामबाबु कोइरालाले बर्षौदेखि माउन्ट ग्लोरी स्कुलले गुणस्तरीय शिक्षा दिईरहेको कारण विद्यार्थीहरुले हरेक बर्षको एसईईमा झै यस बर्षपनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो। आजकाल अभिभावकहरु आफ्नो बालबालिकालाई कम समय छुट्याने गरेको भन्दै प्रमुख अतिथि कोइरालाले अभिभावकले पनि आफ्नो बच्चाहरूलाई समय दिनुपर्ने बताउनुभयो ।

उक्त बिदाई तथा सम्मान कार्यक्रममा भाइस प्रिन्सिपल इन्द्रकुमार रानाले स्वागत मन्तव्य दिनुभयो। भने कक्षा ९ मा अध्ययनरत छात्रा समिरा खड्गी र आरोही श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए। उक्त बिदाई तथा सम्मान कार्यक्रममा विद्यार्थीहरुले बिभिन साँस्कृतिक नृत्य तथा गायनहरुको प्रस्तुति दिएका थिए।

उक्त सम्मान तथा बिदाई कार्यक्रममा लामो समयदेखि लेखा बिषय पढाउने शिक्षक दानबहादुर पल्लीलाई औषतमा सबैभन्दा बडी GPA 91.3 दिलाउन सफल हुनुभएकोमा प्रेतसाहन स्वरुप रू ५०००/- नगद सहित सम्मान गरिएको थियो। भने अन्य सबै शिक्षकहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।




