शनिवार, श्रावण ३२ २०८२
साउन, ३१ गते/ काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्नो मातहत क्षेत्रमा दर्ता भएका तर सञ्चालन नभएका संस्थागत विद्यालयहरुको अनुमति खारेजी गर्ने तयारी गरेको छ। काठमाडौँ महानगरपालिका शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको हो। काठमाडौं महानगरपालिकाले महानगर भित्र दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। हिजो बसेको काठमाडौं महानगरपालिकाको नगर शिक्षा समितिको बैठकले कागजमा मात्र रहेको तर फिल्डमा सञ्चालनमा नआएका तथा नभएका संस्थागत विद्यालयहरूको अनुमति खारेज गर्न प्रक्रिया सुरू गर्ने निर्णय गरेको हो।
महानगरपालिकाका प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, शिक्षा तथा स्वास्थ्य समिति संयोजक चिनीकाजी महर्जन, कार्यपालिका सदस्यहरू, शिक्षाविद्, विद्यालय प्रतिनिधि, अभिभावक सङ्घ र संस्थागत विद्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो।
शिक्षा तथा स्वास्थ्य समिति संयोजक चिनीकाजी महर्जनका अनुसार महानगरपालिकाभित्र स्कुल दर्ता भएका छन्। तर,ती विद्यालयहरू हाल सञ्चालनमा छैनन्। ती विद्यालयहरूको अनुमति नै खारेज गर्ने निर्णय भइसकेको जानकारी दिए।