Jul 27 2026 | २०८३, श्रावण ११ गते

भोलि शिक्षा समितिको बैठक बस्दै : विधेयकमा नमिलेका विषय टुंगो लगाउने

भोलि शिक्षा समितिको बैठक बस्दै : विधेयकमा नमिलेका विषय टुंगो लगाउने

  • 1.2K
    SHARES

  • भोलि शिक्षा समितिको बैठक बस्दै : विधेयकमा नमिलेका विषय टुंगो लगाउने

    भदौ, १ गते/ काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भोलिको लागि बोलाइएको छ । समितिले भोलि सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।

    स्रोतका अनुसार शिक्षा विधेयकका नमिलेको विषयमा टुङ्गो लगाउन बैठक बस्ने भएको हो। आइतबार विवादित विषयमा छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसेको थियो । तर उक्त बैठकले पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुटाउन नसेकेको बताइएको छ

    विवादित विषयलाई थाती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको छ । गत २२ साउनमा बसेको समितिको बैठकमा निजी विद्यालयको पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुट्न सकेको थिएन । यस विषयमा पनि भोलिको समितिको बैठकमा टुङ्गो लाग्ने अपेक्षा गरिएको छ। त्यसपछि सचिवालयले तयार पारेको प्रतिवेदन अध्ययनको लागि सदस्यहरूलाई वितरण गरिने समितिले जनाएको छ ।

    images
    आइतवार, भाद्र १ २०८२०६:५१:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार