बुधवार, भाद्र ४ २०८२
भदौ ४ गते। काठमाडौँ बर्नहार्ट सेकेन्डरी स्कुल/कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ बिद्यार्थी स्वागत कार्यक्रम गरेको छ। मंगलबार काठमाडौकोँ कमलादीस्थित प्रज्ञा भवनको सभाहलमा एक भव्य कार्यक्रमका बीच स्वागत कार्यक्रम आयोजना गरेको हो।

स्वागत कार्यक्रम कक्षा १२ का Head Boy बिनायक पौडेलको सभापतित्वमा काठमाडौ बर्नहार्ट सेकेन्डरी स्कुल/ कलेजका अध्यक्ष भुपेस छत्कुली, सल्लाहकार प्रा.डा. नारायण प्रसाद चापागाईं, प्रबन्ध निर्देशक नवराज अधिकारी, प्रिन्सिपल पुरुषोत्तम बिष्टको बिशेष आतिथ्यता तथा भाइस प्रिन्सिपल शिवराम रिजाल, प्रशासन प्रमुख रामचन्द्र थापा, बिहानी सिफ्ट कोर्डिनेटर मनोज बिष्ट, दिवा सिफ्टका कोर्डिनेटर रामकृष्ण पराजुली, इसिए इन्चार्ज सुजन रेग्मी लगाएत बिभागीय प्रमुखहरु तथा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

औपचारिक कार्यक्रम कक्षा १२ का श्रुति भण्डारी र आस्था ज्ञावालीले संचालन गरे। त्यस्तै, अध्यक्ष भुपेस छत्कुलीले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। साथै विद्यार्थीहरुले नेपालको मौलिक परम्परा र राष्ट्रिय गीतहरुमा नृत्य गर्दै स्वागत गरेका थिए।

उक्त कार्यक्रममा लामो समय भाषण गर्ने नभएर विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न भिन्नभिन्न सांस्कृतिक परम्परा अनुसारको गीत, नृत्य, नाटक तथा प्रहसनहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक रितिरिवाज झल्काउने किसिमका सांगीतिक प्रस्तुतिहरुले छुट्टै रौनक छाएको थियो भने एक अर्काको अस्तित्व स्वीकार गर्नुपर्ने भन्ने भावना जागृत भएको थियो।

औपचारिक कार्यक्रममा वक्ताको रुपमा रहनुभएका काठमाडौ बर्नहार्ट कलेजका प्राचार्य पुरुषोत्तम बिष्टले विद्यार्थीहरुलाई मन्तव्य मार्फत स्वागत गर्नुभयो। उहाँले ७७ वटै जिल्लाबाट पढ्न आउनुभएका विद्यार्थीहरुलाई देश बहुजाती, बहुभाषी र बहुसांस्कृतिक भएको भन्दै यसलाई गर्व गर्नुपर्ने साथै एक अर्काको धर्म र संस्कृतिको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो। काठमाडौ बर्नहार्ट कलेज नम्वर होइन नाम हो भन्दै प्राचार्य बिष्टले पढाई साथसाथै नेतृत्व विकासका लागि विद्यार्थीहरुलाई उच्च गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो।

उक्त कार्यक्रममा बोल्दै भाइस प्रिन्सिपल शिवराम रिजालले देशका हरेको स्थानबाट आएका विद्यार्थीहरुलाई मन्तव्यमार्फत स्वागत गर्नुभयो।

२०५७ साल असार १४ गते स्थापना भएको काठमाडौ बर्नहार्ट फाउन्डेसन द्वारा संचालित बर्नहार्ट स्कुल /कलेज उच्च शिक्षामा गुणस्तरीयताको मापन एवं सुनिश्चितता प्रदान गर्दै विश्वविद्यालय अनुदान आयोगबाट अन्तराष्ट्रियस्तरको “गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (प्रमाणीकरण) अर्थात Quality Assurance Agency (QAA) क्यूएए मान्यता पाउने पहिलो संस्थागत कलेज पनि हो ।