Jul 27 2026 | २०८३, श्रावण ११ गते

राष्ट्रिय परिक्षा बोर्ड

एसईई र कक्षा १२ को परीक्षा स्थगित ! (सूचना सहित )

एसईई र कक्षा १२ को परीक्षा स्थगित ! (सूचना सहित )

  • 1.4K
    SHARES

  • एसईई र कक्षा १२ को परीक्षा स्थगित ! (सूचना सहित )

    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

    आज बिहान बसेको बोर्डको बैठकले कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको हो।

    परिक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले दिएको जानकारीअनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ।

    एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो।

    बोर्डका अध्यक्ष पौडेलका अनुसार कोभिड १९ को प्रभाव कम भएपछि परीक्षा नै गर्ने हो गत वर्षको जस्तो आन्तरिक मूल्यांकनबाट यसपटक परीक्षा हुँदैन।

    यसपटक एसईई दिने विद्यार्थी पाँच लाखभन्दा बढी छन्। गत वर्ष कक्षा १२ को परीक्षा भने भौतिक रूपमै विद्यार्थी उपस्थित भएर गरिएको थियो।

    हेर्नुस सूचना सहित ! FB_IMG_1620637719110.jpg

    images
    सोमवार, बैशाख २७ २०७८१०:४४:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार