Oct 02 2026 | २०८३, आश्विन १६ गते

पाँचौँ नेफ अन्तर विद्यालय तीज बिशेष नृत्य प्रतियोगिता आयोजना हुने।

पाँचौँ नेफ अन्तर विद्यालय तीज बिशेष नृत्य प्रतियोगिता आयोजना हुने।

  • 856
    SHARES

  • पाँचौँ नेफ अन्तर विद्यालय तीज बिशेष नृत्य प्रतियोगिता आयोजना हुने।

    भदौ, ४ गते/ काठमाडौँ। उत्तर भेगिय शैक्षिक मञ्च (नेफ) ले पाँचौँ नेफ अन्तर विद्यालय तीज बिशेष नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। मंगलबार एक पत्रकार सम्मेलन गर्दै आगामी भदौ सात गते अन्तर विद्यालय नृत्य प्रतियोगिता आयोजना गरेको हो।

    विद्यार्थीहरुको चौतर्फी बिकास र भाईचाराको भावना बिकास गर्न नेफले प्रतेक बर्ष विभिन्न इसिए तथा सिसिए कार्यक्रम गर्ने गरेको र त्यसैको निरन्तरताको रुपमा तीज नृत्य प्रतियोगिता गरेको एनआइसीका प्रिन्सिपल सुगन्धराज रेग्मिले बताउनुभयो।

    नृत्य प्रतियोगितामा नेफमा आबद्ध १८ विद्यालयका विद्यार्थीहरु बिच प्रतिस्पर्धा हुने छ। भने प्रतियोगिता सिनियर र जुनियर दुई समुहमा हुनेछ। जसमा सिनियर तर्फ १६ विद्यालय र जुनियर तर्फ १५ विद्यालय सहभागी रहेने नेफका नारायण अध्यक्ष रोकाले जानकारी दिनुभयो। नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्न र तीजको सांस्कृतिक महत्व बारे सुसूचित गर्न उक्त नृत्य प्रतियोगिता आयोजना गरिएको अध्यक्ष रोकाले बताउनुभयो।

    पत्रकार सम्मेलनमा बोल्दै नेफका सल्लाहकार तथा ग्रीनल्यान्ड स्कुलका प्राचार्य ठकिन कुमार गुरुङकाले नेपालको भाषा संस्कृति कलाको जगेर्ना गर्न निजि विद्यालयहरुले विशेष प्राथमिकता दिने गरेको बताउनुभयो। नेपालको मौलिक गित संगितहरुको पुन:उत्थान गर्ने र जगेर्ना गर्न मौलिक तीज प्रतियोगिता आयोजना गरेको हो। गुरुङले भन्नुभयो, तीजलाई हिन्दुहरुको मात्रै होइन नेपालिहरुको मौलिक चाड पर्वको रुपमा बिकास गरौं। यसको सामाजिकिकरण गरौ।' कला संस्कृतिले देशप्रतिको माया बढाउने गुरुङको भनाइ छ।

    तीज नृत्य प्रतियोगिता भदौ ७ गते बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजको सभाहलमा हुने छ। उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ हुने टिमलाई ट्रफी मेडल र पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

    पत्रकार सम्मेलनमा बेफ सम्बद्ध विद्यालयका प्रिन्सिपल तथा नृत्य शिक्षकहरुको उपस्थिति रहेको थियो।

    images
    बुधवार, भाद्र ४ २०८२०९:२७:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार