Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षा विधेयक विरोधमा आन्दोलन : निजि विद्यालय संचालकहरुले संसद घेर्ने।

शिक्षा विधेयक विरोधमा आन्दोलन : निजि विद्यालय संचालकहरुले संसद घेर्ने।

  • 1.1K
    SHARES

  • शिक्षा विधेयक विरोधमा आन्दोलन : निजि विद्यालय संचालकहरुले संसद घेर्ने।

    भदौ, ४ गते/ काठमाडौँ । शिक्षा विधेयकको विरोधमा निजि विद्यालय संचालकहरुले भोलिदेखि भोलिबाट आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ। निजि विद्यालय संचालकहरुको छाता संगठन प्याब्सन, नेसनल प्याब्सन र हिसानले आज संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

    विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आएका उनीहरूले ५ बुँदे माग राखेर आन्दोलन घोषणा गरेका हुन् । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा भएको मुख्यगरि पुर्ण छात्रवृत्ति र क्रमशः नाफारहित भन्ने प्राब्धान हटाउन माग गरेका छन् ।

    आगामि भदौ ८ गतेसम्म पनि आफ्ना मागहरू पूरा नभए विद्यालय बन्द सहितको कडा आन्दोलन गर्ने उनिहरुले बताएका छन्। ८ गतेसम्म कुर्छौं । त्यो दिनसम्म माग पूरा भएन भने ९ गतेबाट विद्यालय बन्द गरेर आन्दोलनमा होमिन्छौं,’ प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकरीले भने ।

    यस्तो छन आन्दोल्का कार्यक्रमहरु

    (१) “पूर्ण छात्रवृत्ति“ भन्ने शब्द हटाइनु पर्ने ।

    (२) विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना (खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।

    (३) कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर–नाफामूलक“ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने ।

    (४) छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदशी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।

    (५) छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३(क), नियमावली, २०६० को नियम १० (क), मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।

    आन्दोलनका कार्यक्रमहरू:

    • २०८२ भाद्र ५ गते विहान ११ वजेदेखि १ वजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरू ब्यानर सहित नयाँवानेश्वरचोकसम्म र्‍याली निकाली पुन: माइतीघर मण्डलामा पुगि कोणसभा गर्ने ।

    • २०८२ भाद्र ६ गते, विहान ११ वजे देशैभरिका स्कुलबसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने र काठमाडौँ उपत्यकाको २७ किमी चक्रपथवरिपरि स्कुलबसहरूको कालो झण्डा/ब्यानर सहित र्‍याली गर्ने ।

    • २०८२ भाद्र ६ गते दिनको ठिक १ वजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ/धर्ना गर्ने ।

    • २०८२ भाद्र ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने ।

    IMG-20250820-WA0006.jpg

    images
    बुधवार, भाद्र ४ २०८२०३:५२:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार