Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक महासंघको आन्दोलनविरुद्ध कानूनका विद्यार्थीद्वारा सर्वोच्चमा रिट दर्ता

शिक्षक महासंघको आन्दोलनविरुद्ध कानूनका विद्यार्थीद्वारा सर्वोच्चमा रिट दर्ता

  • 768
    SHARES

  • शिक्षक महासंघको आन्दोलनविरुद्ध कानूनका विद्यार्थीद्वारा सर्वोच्चमा रिट दर्ता

    काठमाडौं । नेपाल शिक्षक महासंघले भदौ दोस्रो साताबाट गरेकाे आन्दोलनको घोषणाविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको छ । कानून अध्ययनरत विद्यार्थीहरु अर्जुन शाह र राहुल साहोले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

    उनीहरुले नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षक महासंघलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् । शिक्षक महासंघको आन्दोलनले विद्यार्थीहरुको पठनपाठन ठप्प हुने हुँदा संविधान प्रदत्त बालबालिकाको शिक्षाको अधिकार, संविधानको धारा र बालबालिकाको हक संरक्षणसम्बन्धी व्यवस्थामा रहेर रिट दिएको उनिहरुको भनाई छ ।

    आफ्ना मागहरु पूरा नगरेको भन्दै शिक्षक महासंघले भदौको दोस्रो साताबाट आन्दोलन गर्ने घोषणा गरेको छ ।

    Screenshot_2025-08-20-16-36-32-21_f598e1360c96b5a5aa16536c303cff92.jpgScreenshot_2025-08-20-16-38-19-15_40deb401b9ffe8e1df2f1cc5ba480b12.jpgScreenshot_2025-08-20-16-38-35-65_40deb401b9ffe8e1df2f1cc5ba480b12.jpgScreenshot_2025-08-20-16-36-58-92_f598e1360c96b5a5aa16536c303cff92.jpgScreenshot_2025-08-20-16-37-15-03_f598e1360c96b5a5aa16536c303cff92.jpgScreenshot_2025-08-20-16-37-29-09_f598e1360c96b5a5aa16536c303cff92.jpg

    images
    बुधवार, भाद्र ४ २०८२०४:४३:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार