Jul 27 2026 | २०८३, श्रावण ११ गते

नोप्सोद्वारा आयोजित हिज्जे प्रतियोगितामा वाटिका स्कुल प्रथम

नोप्सोद्वारा आयोजित हिज्जे प्रतियोगितामा वाटिका स्कुल प्रथम

  • 381
    SHARES

  • नोप्सोद्वारा आयोजित हिज्जे प्रतियोगितामा वाटिका स्कुल प्रथम

    भदौ ८ गते/ काठमाडौं । नर्थ वेस्टर्न प्राइभेट स्कुल्स अर्गनाइजेसन ( नोप्सो) द्वारा आयोजित कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीहरु विचको हिज्जे प्रतियोगितामा रानीवन स्थित वाटिका स्कुल काठमाडौं ( Batika School Kathmandu) ले प्रथम स्थान हासिल गरेको छ।

    बालबालिका विच कडा प्रतिस्पर्धामा स्युचाटार स्थित मण्डला इन्टरनेसनल स्कुल द्वितीय , विभूति विद्या मन्दिरले तृतीय स्थान हासिल गरेको कार्यक्रम संयाोजक तथा जेम्स स्कुलका प्रिन्सिपल पुर्ण लामिछानेले जानकारी दिनुभयो ।

    यसैगरी कडा प्रतिस्पर्धात्मक छनोट चरण पार गरेर अन्तिम चरणमा पुगेका ६ वटा विद्यालय मध्य पिपल्स फ्रेन्डसिप ऐकेडेमीले चतुर्थ स्थान र सम्पदा पाठशाला तथा सिग्मा स्कुल सोह्रखुट्टेले क्रमशः द्वितीय तथा तृतीय सान्त्वना पुरस्कार हासिल गरेका थिए।

    उक्त प्रतियोगितामा विजयी विद्यालय तथा विद्यार्थीलाई ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियोे ।

    कार्यक्रममा नेपाली भाषाका दिग्गजहरु निर्णायकका रुपमा आमन्त्रित थिए भने सिग्मा स्कुलका प्रिन्सिपल जयदेव धामी , वाटिका स्कुलका प्रिन्सिपल युवराज बस्ताकोटी, विभूति विद्या मन्दिरका प्रिन्सिपल राजेश्वर श्रेष्ठ लगायत लब्ध प्रतिष्ठित व्यक्तिको उपस्थिति रहेको थियोे ।

    उक्त कार्यक्रम नेपाली भाषाका चर्चित शिक्षक लक्ष्मण पाण्डेले असाध्यै आकर्षक तरिकाले सञ्चालन गरेका थिए।

    images
    शनिवार, भाद्र ७ २०८२०७:४५:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार