Oct 02 2026 | २०८३, आश्विन १६ गते

पाँचौ नेफ अन्तर विद्यालय तीज बिशेष नृत्य प्रतियोगिता सम्पन्न

पाँचौ नेफ अन्तर विद्यालय तीज बिशेष नृत्य प्रतियोगिता सम्पन्न

  • 643
    SHARES

  • पाँचौ नेफ अन्तर विद्यालय तीज बिशेष नृत्य प्रतियोगिता सम्पन्न

    भदौ, ८ गते/ काठमाडौँ। उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) को पाँचौ नेफ अन्तर विद्यालय तीज बिशेष नृत्य प्रतियोगिता सम्पन्न भएको छ। नेफ सम्बद्ध विद्यालयहरु सहभागी अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको हो।

    IMG_8997.JPG

    नृत्य प्रतियोगिता सिनियर र जुनियर दुई मा भएको थियो। उक्त प्रतियोगितामा सिनियर तर्फ कौसल इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्यो। त्यस्तै गोल्डेन पिक स्कुलले द्वितीय, प्यारामाउण्ट एकेडेमी तृतीय स्थान हासिल गर्यो भने ग्रीनल्याण्ड हाइ स्कुल र निक एकेडेमी क्रमशः चौथो र पाँचौ स्थान हासिल गर्दै सान्त्वना पुरस्कार हासिल गरे।

    IMG_9197.JPG

    त्यसैगरी जुनियर तर्फ प्यारामाउण्ट एकेडेमीले प्रथम स्थान हासिल गर्यो। त्यस्तै गोल्डेन पिक स्कुलले द्वितीय, कौसल इङ्लिस स्कुलले तृतीय स्थान हासिल गर्यो भने निक एकेडेमी र ज्ञानचस्क्षु स्कुलले क्रमशः चौथो र पाँचौ स्थान हासिल गर्दै सान्त्वना पुरस्कार हासिल गरे।

    IMG_9189.JPG

    उक्त प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी र स्कुलहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वना पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

    IMG_9104.JPG

    उक्त प्रतियोगिताको कार्यक्रम संचालन निक (NIC) एकेडेमीका प्रिन्सिपल सुगन्धराज रेग्मीले सञ्चालन गर्नुभयो । विद्यार्थीहरुको चौतर्फी बिकास र भाईचाराको भावना बिकास गर्न नेफले प्रतेक बर्ष विभिन्न इसिए तथा सिसिए कार्यक्रम गर्ने गरेको र त्यसैको निरन्तरताको रुपमा तीज नृत्य प्रतियोगिता गरेको एनआइसीका प्रिन्सिपल सुगन्धराज रेग्मिले बताउनुभयो।

    IMG_9238.JPG

    नृत्य प्रतियोगितामा नेफमा आबद्ध १८ विद्यालयका विद्यार्थीहरु बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा सिनियर तर्फ १६ विद्यालय र जुनियर तर्फ १५ विद्यालय सहभागी रहेका थिए। नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्न र तीजको सांस्कृतिक महत्व बारे सुसूचित गर्न उक्त नृत्य प्रतियोगिता आयोजना गरिएको नेफका अध्यक्ष नारायण रोकाले बताउनुभयो।

    IMG_9013.JPG

    उक्त कार्यक्रममा बोल्दै नेफका सल्लाहकार तथा ग्रीनल्यान्ड स्कुलका प्राचार्य ठकिन कुमार गुरुङकाले नेपालको भाषा संस्कृति कलाको जगेर्ना गर्न निजि विद्यालयहरुले विशेष प्राथमिकता दिने गरेको बताउनुभयो। नेपालको मौलिक गीत संगीतहरुको  पुन:उत्थान गर्ने र जगेर्ना गर्न मौलिक तीज प्रतियोगिता आयोजना गरेको हो। गुरुङले भन्नुभयो, तीजलाई हिन्दुहरुको मात्रै होइन नेपालीहरुको मौलिक चाड पर्वको रुपमा बिकास गरौं। यसको सामाजिकिकरण गरौ।' कला संस्कृतिले देशप्रतिको माया बढाउने गुरुङको भनाइ छ।

    IMG_9017.JPG

    उक्त प्रतियोगितामा विद्यार्थीहरुलाई हौसला दिन पर्यटन तथा संस्कृत राज्यमन्त्री अरुण कुमार चौधरी, बिशेष अतिथि नवराज भट्ट, नेसनल प्याब्सन बागमती प्रदेश अध्यक्ष डिएन महतो, टोखा नगर प्याब्सनका अध्यक्ष सन्तोष के .सी. प्याब्सन जिल्ला सदस्य प्रिन्सिपल मुकुन्द पाण्डे लगाएत शैक्षिक ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।

    IMG_9004~2.JPG

    images
    आइतवार, भाद्र ८ २०८२०८:०९:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार