Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्धालय

त्रिभुवन बिश्वबिद्धालयद्वारा विद्यार्थीलाई सम्पर्कमा आउन अपिल: वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी !

त्रिभुवन बिश्वबिद्धालयद्वारा विद्यार्थीलाई सम्पर्कमा आउन अपिल: वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी !

  • 2.1K
    SHARES

  • त्रिभुवन बिश्वबिद्धालयद्वारा विद्यार्थीलाई सम्पर्कमा आउन अपिल: वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी !

    त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी भइरहेकोले सम्पुर्ण विद्यार्थी हरुलाइ सम्पर्कमा आउन अपिल गरेको छ।

    त्रीबीका उपकुलपति धर्मकान्त बाँस्कोटाले बिद्यार्थीको लागि सुचना जारीगर्दै रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अपिल गरेका हुन् ।

     रोकिएका कक्षा र परिक्षाहरु बैकल्पिक माध्यमबाट सुचारु गरिने भएकोले  सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयमा सम्पर्कमा आउन अनुरोध गर्दछु,’ बास्कोटाले भनेका छन्।

    कोरोनाभाइरसको (कोभिड १९) दोस्रो लहरपछि त्रिविमा भौतिक उपस्थितिमा विद्यार्थीलाई पठनपाठन गरिएको छैन। 

    गत वर्ष पनि कोरोना महामारीका बेला त्रिविले भर्चुअल माध्यमबाट नै पठनपाठनको व्यवस्थापन गरेको थियो।

    कोरोना संक्रमितको संख्या घटेपछि विद्यार्थीलाई भौतिक उपस्थिति गराएरै त्रिविले परीक्षा तथा पठनपाठन सुरू गरेको थियो।

    हेर्नुस् अपिल सहित

    Screenshot_20210525-091239_Facebook.jpg

    images
    मंगलवार, जेठ ११ २०७८०९:२५:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार