Jul 27 2026 | २०८३, श्रावण ११ गते

शैक्षिक गुणस्तर बढाउन प्रधानाध्यापकलाई मोटरसाइकल हस्तान्तरण

शैक्षिक गुणस्तर बढाउन प्रधानाध्यापकलाई मोटरसाइकल हस्तान्तरण

  • 828
    SHARES

  • शैक्षिक गुणस्तर बढाउन प्रधानाध्यापकलाई मोटरसाइकल हस्तान्तरण

    भदौ, ८ गते/बर्दिया । जिल्लाको ठाकुरबाबा नगरपालिकाले शैक्षिक गुणस्तर बढाउन प्रधानाध्यापकलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । पालिकाले विद्यालयको प्रयोजनका लागि ९ जना माद्यामिक तहका प्रधानाध्यापकहरुलाई सेतो प्लेटको मोटरसाइकल हस्तान्तरण गरेको हो।

    शिक्षकको मनोबल उच्च राख्न र थप जिम्मेवारी बोध हुने भएकाले मोटरसाइकल हस्तान्तरण गरिएको मेयर तिलक लम्सालले बताए । पहिलो चरणमा मावि र त्यसपछि निमावि र प्राविका प्रधानाध्याकलाई मोटरसाइकल हस्तान्तरण गरिने उनको भनाइ छ ।

    यसअघि प्रहरीलाई पनि तीन वटा मोटरसाइकल हस्तान्तरण गरिएको थियो । नगरको शान्ति सुरक्षामा खटिने प्रहरीलाई सहज होस् भन्ने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको मेयर लम्सालले बताए ।

    images
    आइतवार, भाद्र ८ २०८२१०:२०:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार