Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेशनल प्याब्सन: सातौँ लोक नृत्य प्रतियोगिताको उपाधी नेरिक एकेडेमीलाई

नेशनल प्याब्सन: सातौँ लोक नृत्य प्रतियोगिताको उपाधी नेरिक एकेडेमीलाई

  • 704
    SHARES

  • नेशनल प्याब्सन: सातौँ लोक नृत्य प्रतियोगिताको उपाधी नेरिक एकेडेमीलाई

    काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौं जिल्ला समितिले आयोजना गरेको उपत्यकाव्यापी विद्यालय स्तरीय सातौँ लोक नृत्य प्रतियोगिताको उपाधी नेरिक एकेडेमीले हात पारेको छ। सोमबार उपत्यकाभर बाट सहभागी ५३ विद्यालयलाई उछिन्दै शंखमूलस्थित नेरिक एकेडेमीले प्रथम स्थान हासिल गरेको हो।

    प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रमुख अतिथिको रूपमा गर्नुभयो भने नेसनल प्याब्सन केन्द्रीय समिति अध्यक्ष सुवास न्यौपाने विशिष्ट अतिथि रहनुभएको थियो।

    प्रतियोगितामा नेरिक एकेडेमी प्रथम स्थान हासिल गरी रु. २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। त्यस्तै ज्ञानभूमि हाई स्कूल दोस्रो हुँदै रु. २० हजार र ट्रफी प्राप्त गर्यो भने न्यू मालश्री स्कूल तेस्रो भई रु. १५ हजार र ट्रफी हात पार्यो।

    प्रतियोगितामा चौथो स्थान मिलन धर्मस्थली स्कूल, पाँचौँ ब्रेन हर्ट स्कूल, छैटौँ आस्था विद्या मन्दिर, सातौँ ग्रीन हिल्स एकेडेमी, आठौँ पिपुल्स सेकन्डरी स्कूल, नवौँ माउन्ट ग्लोरी स्कूल र दशौँ ग्रिन फील्ड नेशनल स्कूलले आ–आफ्नो स्थान प्राप्त गरे।

    यसैगरी प्रतियोगितामा उत्कृष्ट नृत्य निर्देशकको रूपमा ज्ञानभूमि सेकेन्डरी स्कूलका खीम मगर र उत्कृष्ट भेषभूषाको रूपमा नेरीक एकेडेमी सम्मानित भए।सहभागी सबै विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

    उक्त प्रतियोगिता उद्घाटनको क्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री मन्त्री चौधरीले सम्बोधन गर्दै विद्यार्थीको सर्वाङ्गीण विकाससँगै मौलिक भाषा, धर्म, संस्कार र संस्कृतिको संवर्द्धन गर्न विद्यालय स्तरमै यस्ता प्रतियोगिताहरू महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्ने खालका गतिविधिलाई सरकारले सधैं सहयोग गर्ने आश्वासन दिनुभयो।

    प्रतियोगितामा विद्यार्थीहरूले मौलिक नेपाली लोकनृत्य प्रस्तुत गरेका थिए। निर्णायक मण्डलले विभिन्न पक्षलाई आधार मानेर मूल्याङ्कन गरेको थियो।

    images
    सोमवार, भाद्र ९ २०८२०८:१३:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार