बुधवार, भाद्र ११ २०८२
भदौ, १२ गते/ काठमाडौँ । काठमाडौँ विश्वविद्यालयकाको स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बालचन्द्र लुइँटेलले व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति निकालेर काठमाडौँ विश्वविद्यालयसँगको सम्झौता भंग गर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् ।
निजी विद्यालय संचालकहरुको छाता संगठन प्याब्सन, नेसनल प्याब्सन, हिसान लगाएत मिलेर गठन गरिएको संयुक्त आन्दोलन परिचालन समितिले प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो निर्देश दिएका हुन् ।
काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डीन प्रा डा बालचन्द्र बुइटेलद्वारा व्यक्त गरिएको अभिव्यक्ति केवल निजी क्षेत्रप्रति असम्मानजनक मात्र नभई, बामो समयदेखिको सहकार्यको सम्बन्धमाथि नै प्रश्न उठाउने खालको छ, बिज्ञप्तिमा भनिएको छ।
साथै 'निजी विद्यालयहरूलाई मुनाफामुखीमात्र' र 'शिक्षा विगार्ने तत्व' को रूपमा चित्रण गर्ने प्रयासले निजी लगानी, शिक्षामा समर्पित हजारौ शिक्षाकर्मीको श्रम र यस क्षेत्रको योगदानको अवमूल्यन गरेको ठहर्छ ।'
