Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षक महासंघद्वारा एमाले मुख्यालयमा धर्ना - एमाले महासचिवले बुझे ध्यानाकर्षण

शिक्षक महासंघद्वारा एमाले मुख्यालयमा धर्ना - एमाले महासचिवले बुझे ध्यानाकर्षण

  • 478
    SHARES

  • शिक्षक महासंघद्वारा एमाले मुख्यालयमा धर्ना - एमाले महासचिवले बुझे ध्यानाकर्षण

    काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा समितीमा पारित गरि संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयकबारे असहमति जनाउँदै नेपाल शिक्षक महासङ्घले आज नेकपा एमाले मुख्यालयमा धर्ना दिएको छ ।

    पहिलो चरणको आन्दोलन अन्तर्गत भाद्र १२ गते बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म एमाले मुख्यालय च्यासलमा धर्ना दिएको हो।

    नेकपा एमाले मुख्यालय धर्नापछि नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाएको छ।

    उक्त क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल शिक्षक महासङ्घ र सरकारबिच भएको ९ बुँदे सहमति प्रति सरकार प्रतिबद्ध रहेको बताए। शिक्षक महासङ्घ तथा शिक्षकहरूले शिक्षा ऐन तुरुन्तै चाहियो भनेर माग गरिरहेको र त्यस विषयमा सहजिकरण गर्न एमाले सहभागी भएर शिक्षा मन्त्रालय र शिक्षक महासङ्घकाबिच भएको ९ बुँदे सहमतिमा पार्टी प्रतिबद्ध रहेको महासचिव पोख्रेलको भनाई छ।

    पोखरेलले कति विषय ९ बुँदे सहमति अन्तर्गत सम्बोधन हुन नसकेका रहेछन् भने राष्ट्रिय सभाका माध्यमबाट शिक्षक कर्मचारीका विषयलाई सम्बोधन गर्ने प्रयास गरिने विचार व्यक्त गरे ।

    images
    बिहिवार, भाद्र १२ २०८२०६:१२:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार