बिहिवार, भाद्र १२ २०८२
भदौ, १२ गते/ काठमाडाैँ । शिक्षा समितीबाट पारित भई प्रतिनिधि सभामा पेश भएको विद्यालय शिक्षा विधेयकमा केही प्राबधानप्रती असहमति जनाउदै निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले आफुहरुले राखेका माग पूरा नभए विद्यालय बन्द गर्ने घोषणा गरेका छन्।
उनिहरुले आज एक बिज्ञप्ति जारी गर्दै १८ भदौबाट विद्यालय बन्द गर्ने घाेषणा गरेका हुन्।
विद्यालय शिक्षा विधेयकमा क्रमशः गैरनाफामूलक बनाउँदै लगिने र पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधान ल्याउन लागेको भन्दै उक्त शब्द सच्याउनु पर्ने माग उनिहरुको छ। साथै हाल निनि विद्यालय संचालकहरु विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन्।
आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ। उनिहरुले आज देशभरका जिल्ला प्रशासन कार्यलयमा घेराउ घर्दै ध्यानाकर्षण पत्र दिएका छन्। साथै भोलि देशैभरका जिल्ला सदरमुकामहरुमा बृहत् प्रदर्सन गर्ने बताएका छन।
यसै सन्दर्भमा निजि विद्यालय संचालकहरुले भोलि माइतिघर मण्डलामा बृहत् प्रदर्शन सहिर र्याली गर्ने बताएका छन्।
त्यस्तै मिति २०८२ भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ-आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने जानकारी दिएका छन्।
त्यसैगरी मिति: २०८२ भाद्र १६ गते विहान ११ बजे देशैभरिका स्कूलबसहरूमा कालोझण्डा/व्यानर सहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने। काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य र्याली गर्ने। उक्त यात्रीमा सबै संगठनका केन्द्रीय/ प्रदेश/ जिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनुपर्नेछ। मिति २०८२ भाद्र १७ गते आगामी कार्यक्रमका लागि आ-आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समीक्षा बैठक गर्ने।
त्यस्तै मिति २०८२ भाद्र १८ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बहुत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई याली हुँदै कोण सभामा परिणत हुने कार्यक्रम रहेको छ।
यदि २०८२ भाद्र १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने बताएका छन्।
