Oct 02 2026 | २०८३, आश्विन १६ गते

देशभरका स्थानीय तहमा धर्ना दिँदै महासंघ

देशभरका स्थानीय तहमा धर्ना दिँदै महासंघ

  • 527
    SHARES

  • देशभरका स्थानीय तहमा धर्ना दिँदै महासंघ

    भदौ, १३ गते/ काठमाडौँ। नेपाल शिक्षक महासंघले आज देशभरका ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टा धर्ना दिने भएको छ। महासंघको पहिलो चरणको आन्दोलनको सर्कुलर अनुसार देशभर पालिकाहरुमा धर्ना दिने भएका हुन्।

    त्यसैगरी आजै नेपाल शिक्षक महासंघले एकीकृत नेकपा माओवादी केन्द्रको मुख्यालयमा समेत दुई घन्टा धर्ना दिने कार्यक्रम रहेको छ।

    नेपाअल राहत शिक्षक संगठनले एक अपिल जारी गर्दै, नेपाल शिक्षक महासंघद्वारा घोषित सम्पूर्ण आन्दोलनका कार्यक्रमहरूमा सहभागी भई आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्न समितिका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय पदाधिकारी र सदस्यहरूलाई विशेष अपील गरिएको छ।

    यस अभियानमा सम्पूर्ण राहत शिक्षकहरूको एकता र सहभागिताले आन्दोलनलाई थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

    महासचिव डम्बर राई र अध्यक्ष नवीनसिंह धामीद्वारा जारी विज्ञप्तिमा आन्दोलन सफल पार्न सबैलाई आह्वान गरिएको छ।

    विद्यालय शिक्षा विधेयकमार्फत आफूहरूलाई सरकारले पेसाबाट विस्थापित गर्न लागेको भन्दै राहत शिक्षकहरू आन्दोलित छन्।

    images
    शुक्रवार, भाद्र १३ २०८२०८:०९:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार