Jul 27 2026 | २०८३, श्रावण ११ गते

निजि विद्यालय संचालकहरुले गरे शिक्षामन्त्रीसंग छलफल ।

निजि विद्यालय संचालकहरुले गरे शिक्षामन्त्रीसंग छलफल ।

  • 422
    SHARES

  • निजि विद्यालय संचालकहरुले गरे शिक्षामन्त्रीसंग छलफल ।

    भदौ, १३ गते/ काठमाडौँ । निजि विद्यालय संचालकहरुको संगठन प्याब्सन, नेसनल प्याब्सन, हिसान, ओपेन र एनएमएको संयुक्त आन्दोलन समितिको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तसंग छलफल गरेका छन्।

    प्रतिनिधि सभामा पेश भएको विद्यालय शिक्षा विधेयकमा केही प्राबधानप्रति असन्तुष्टि जनाउँदै परिमार्जनको माग गरी आन्दोलनमा रहेका निजी विद्यालय सञ्चालकहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग छलफल गरेका हुन्।

    छलफल पश्चात् प्याब्सनका प्रमुख सल्लाहकार डिके ढुंगानाले ‘संयुक्त आन्दोलन समितिको तर्फबाट शिक्षामन्त्रीसँग भेट गरि नेपालको निजी शैक्षिक क्षेत्रले पुर्‍याएको योगदान र यसको निरन्तरताको ग्यारेन्टी सम्बन्धमा गम्भीर बहस भएको र छलफललाई निरन्तरता दिने सहमति भएको बताएका छन्।

    निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा रहेको निजी विद्यालय गैरनाफामूलक बनाउँदै जाने र विद्यार्थी संख्याका आधारमा १० देखि १५ प्रतिशतसम्म विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने दुई मुख्य विषयको विरोध गर्दै आन्दोलन गर्दै आइरहेका छन्।

    साथै उनीहरूले आफ्ना माग सुनुवाइ नभए भदौ १८ गतेदेखि निजी विद्यालय बन्दको चेतावनी दिएका छन्।

     

    images
    शुक्रवार, भाद्र १३ २०८२०५:२७:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार