Jul 27 2026 | २०८३, श्रावण ११ गते

डिन अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न।

डिन अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न।

  • 641
    SHARES

  • डिन अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न।

    काठमाडौं, भाद्र १३। डाइनामिक एजुकेसनल एक्टिभिटी एसोसिएसन नेपाल (DEAAN) ले आयोजना गरेको अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। कोटेश्वर पार्टी प्यालेसको सभाहलमा DEAAN विद्यालयहरूको छाता संगठन DEAAN को आयोजनामा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको हो।

    Messenger_creation_92900946-B7E6-4A25-A979-06F737E1DD76.jpeg

    उक्त प्रतियोगितामा १८ वटा विद्यालयका तीन–तीन जना गरी बनेका टोलीमार्फत जम्मा ५४ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा हेब्रोन पब्लिक स्कूलले प्रथम स्थान हासिल गर्यो। त्यस्तै विन्शम बोर्डिङ स्कूल द्वितीय, गुरुकुल नेशनल एकेडेमी तृतीय, र क्रीयसन एकेडेमी चतुर्थ स्थान हासिल गर्न सफल भए। उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

    Messenger_creation_BE055890-50B8-49FD-8B38-F2855E7D6D19.jpeg

    कार्यक्रमको सभापतित्व DEAAN का अध्यक्ष अनिल कुमार सुब्बाले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि काठमाडौं प्याप्सनका अध्यक्ष नवराज भट्ट, विशिष्ट अतिथि कीर्तिपुर प्याप्सनका अध्यक्ष रवि भण्डारी, साथै DEAAN का प्रमुख सल्लाहकार सूर्य बहादुर भण्डारी, वरिष्ठ सल्लाहकार गोविन्द फ्यक लिम्बु तथा विभिन्न विद्यालयका प्राचार्यहरूको विशेष उपस्थिति रहेको थियो।

    Messenger_creation_2F07F3AC-297B-4178-A62D-6109F50804BB.jpeg

    अवसरमा प्रमुख अतिथि नवराज भट्ट ले DEAAN ले विगत लामो समयदेखि विद्यार्थीहरूको शैक्षिक वृद्धि–विकासमा सहयोग पुग्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै खुशी व्यक्त गर्नुभयो। त्यस्तै, अतिथि रवि भण्डारीले आफुले यस क्विज कार्यक्रममा सहभागितामार्फत धेरै नयाँ कुरा सिक्न पाएको बताउँदै सिकेका कुराहरूलाई आगामी दिनमा जिल्ला प्याप्सनले आयोजना गर्ने कार्यक्रमहरूमा समेत समावेश गर्ने जानकारी दिनुभयो।

    Messenger_creation_428CC5BC-4A1C-477A-ACF7-1B118F3809C1.jpeg

    वि.सं. 2062 सालमा स्थापना भएको DEAAN विद्यालयहरूको छाता संगठन हो। यस संस्थाले विगतदेखि नै विद्यार्थी तथा विद्यालयहरूलाई शैक्षिक गतिविधि र अतिरिक्त क्रियाकलापमा सहयोग पुर्‍याउने उद्देश्यले विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

     

    images
    शनिवार, भाद्र १४ २०८२०६:४१:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार