शनिवार, भाद्र १४ २०८२
भदौ, १४ गते/ काठमाडौं । “युवा र नेतृत्व विकास : सम्भावना, चुनौती र अवसर” भन्ने शीर्षकमा अन्तर विद्यालय स्तरीय पावर पोइन्ट प्रिजेन्टेसन (PowerPoint presentation Competition) प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार सान अन्तर्गतका सदस्य विद्यालयका विद्यार्थीहरुले "युवा र नेतृत्व विकास : सम्भावना, चुनौती र अवसर” आफ्ना विचार र प्रस्तुतीकरण राखेका थिए ।

विद्यार्थीहरुले प्रस्तुतीकरणमार्फत नेतृत्व विकासमा शिक्षा, प्रविधि, सामाजिक चेतना र नवीन सोचको महत्वबारे प्रकाश पारेका थिए । भविष्यमा युवाले सामाजिक परिवर्तन र समृद्ध नेपाल निर्माणमा गर्न सक्ने योगदानबारे चर्चा गरेका थिए।
उक्त प्रतियोगिताका निर्णायक मण्डलका अनुसार विद्यार्थीहरुले प्रस्तुत गरेका विषयवस्तु गहन, सन्देशमूलक र व्यावहारिक रहेका थिए ।

उक्त प्रतियोगितामा प्रथम स्थान, अन्नपुर्ण विद्या सदनले हासिल गर्यो। त्यस्तै पिपल्स फ्रेण्डसिप स्कुलले द्वितीय स्थान, अभ्यास पाठशालाले तृतीय स्थान र फ्युचर स्टार, वाटिका स्कूल तथा कामना इन्टरनेशनल स्कूलले सान्त्वना स्थान हासिल गरे। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नागार्जुन नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण वहादुर कुंवर यस खालको प्रतियोगिता पहिलोपटक देखेको र यसले विद्यार्थीमा खोजमुलक अध्यायनको विकास गर्दे समग्र शिक्षण सिकाइमा मद्दत पुग्ने धारणा राख्नुभयो।

आजको डिजिटल युगमा हाम्रा सिकाई पनी सोही अनुसार भएनन भने विद्यार्थीको सिकाइमा गुणात्मकता नआउने हुदॅा सानले पनि सृजनशील खालको यो कार्यक्रम आयोजना गरेको सानका अध्यक्ष दिलिप रेग्मिले बताउनुभयो ।
प्रतियोगितामा सानका उपाध्यक्ष प्रकाश मरासिनीले स्वागत मन्तव्य दिनुभयो। त्यसैगरी सानका सचिव वावुराम गौतम र सल्लाहकार युवराज बस्ताकोटिले मन्तव्य दिनुभयो। कार्यक्रममा बोल्दै वक्ताहरुले युवामा नेतृत्व क्षमता अभिवृद्धि गर्न यस किसिमका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा सानका पदाधिकारी, सल्लाहाकार र सदस्यहरूको उपस्थिति थियो। चलन चल्तिका प्रतियेगिता भन्दा फरक खालको कार्यक्रम चलाएर सानले विद्यार्थीलाइ सृजनशिल र खोजमुलक वनाउॅदै Desital Device को प्रयोग लाइ कसरी शिक्षामा जोड्न सकिन्छ भन्ने एउटा राम्रो सकारात्मक सन्देश दिएको छ ।


