Oct 03 2026 | २०८३, आश्विन १७ गते

प्याब्सन मध्य क्षेत्रीय समिती काठमाडौँद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान।

प्याब्सन मध्य क्षेत्रीय समिती काठमाडौँद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान।

  • 312
    SHARES

  • प्याब्सन मध्य क्षेत्रीय समिती काठमाडौँद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान।

    भदौ, १५ गते/ काठमाडौँ। प्याब्सन मध्य क्षेत्रीय समिती काठमाडौँले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार बानेश्वरको एक प्यालेसमा समितिका अध्यक्ष धनप्रसाद सुब्बाको  सभापतित्व तथा प्याब्सन केन्द्रीय उपाध्यक्ष ठकिन कुमार गुरुङको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

    IMG_9666.JPG

    विद्यार्थी सम्मानमा प्रमुख अतिथी गुरुङले विद्यार्थीहरुलाई मन्तव्य मार्फत उत्प्रेरित गर्नुभयो। उहाँले एसईई पास गरेपछि विद्यार्थीहरुको आफ्नो क्षमता र रुचि अनुसारको बिषय अध्यायनको लागि अवसर प्राप्त हुने भएकोले लहडमा लागेर बिषयहरु छान्न नहुने बताउनुभयो। उहाँले कक्षा ११ र १२ उच्च शिक्षा नभै बिद्यालय शिक्षा नै भएकोले त्यो अनुरुप बुझ्न र पढ्न सुझाव समेत दिनुभयो। साथै आफ्नो भाषामा पनि विद्यार्थी कमजोर भएको भन्दै नेपाली भाषाप्रति विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

    IMG_9725.JPG

    कार्यक्रममा  विद्यालय प्याब्सन बागमती प्रदेश अध्यक्ष मुरारी संजेल, प्याब्सन बागमती प्रदेश सहसचिव श्रीराम दाहाल, काठमाडौ जिल्ला बरिस्ठ उपाध्यक्ष सुदर्शन थापा, काठमाडौ जिल्ला उपाध्यक्ष सुर्य बहादुर केसी, उपाध्यक्ष आरबी अधिकारी, काठमाडौ महानगर अध्यक्ष गगन सिंह ऐर, काठमाडौ जिल्ला सहसचिव डिएन सिवाकोटी लगाएत विभिन्न स्कुलका प्रिन्सिपल तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।

    IMG_9790.JPG

    उक्त समितिले ३.८८ जिपिए माथिका विद्यार्थीहरुलाई सम्मान गरेको थियो। साथै विभिन्न विद्यालयमा २० बर्ष भन्दा बढी काम गरेका शिक्षकहरुलाई सम्मान गरेको थियो।

    IMG_9879.JPG

    त्यस्तै कार्यक्रममा स्कुलमा २० बर्ष भन्दा बढी काम गरेका शिक्षकहरुलाई कदरपत्र वितरण गरिएको थियो। उक्त कार्यक्रममा प्याब्सन क्लस्टरका तीन जना अध्यक्ष हरुलाई सम्मान गरिएको थियो। जसमध्ये फेकाका अध्यक्ष राजकुमार बोगटी, डिनका अध्यक्ष अनिल सुब्बा र ओप्सका अध्यक्ष लोकेन्द्र खड्का रहेका छन्।

    IMG_9842.JPGIMG_9861.JPGIMG_9797.JPGIMG_9744 (1).JPGIMG_9867.JPG

    images
    आइतवार, भाद्र १५ २०८२०८:३०:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार