सोमवार, भाद्र १६ २०८२
भदौ, १६ गते/ काठमाडौँ । प्रस्तावित बिद्यालय शिक्षा विधेयक अमान्य हुने भन्दै सत्तारुढ दल कांग्रेस एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी निकट १७ बिद्यार्थी संगठनहरुले ९ बुँदे माग राख्दै पत्रकार सम्मेलनमार्फत संघर्षको कार्यक्रम घोषणा गरेका छन्।
आज एक पत्रकार सम्मेलन मार्फत ‘संविधानमा व्यवस्था भए बमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा पूर्ण निःशुल्क पाउने व्यवस्था अविलम्व अक्षरशः कार्यान्वयन गर्न जोडदार माग गर्दै आन्दोलनको घोषणा गरिएको हो।
विद्यार्थी संगठनहरुले शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायत राज्य कोषबाट सेवा सुविधा लिनेका छोराछोरीलाई सामुदायिकमा पढाउनु पर्ने व्यवस्था विद्यालय शिक्षा विधेयकमा समेट्न माग गरेका छन्। साथै निजीकरण र व्यापारिकरणलाई पूर्णरुपमा निर्मुल गर्न सेवामुखी बनाउने विद्यार्थी संगठनहरूको माग रहेको छ। साथै शिक्षामा कूल बजेटको न्यूनतम २० प्रतिशत निनियोजन गर्न पनि माग गरेका छन् ।
त्यसैगरी ईसीडीमा पढाउनेलाई शिक्षकको रुपमा कायम गर्नुपर्नेमा संगठनहरूको जोड छ । यि माग राखेर उनीहरूले आन्दोलन घोषणा गरेका हुन्।
आन्दोलनका कार्यक्रम अन्तर्गत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने जनाएका छन् । सडकमा प्रदर्शन गर्ने लगायतका आन्दोलनका कार्यक्रम संगठनहरूले सार्वजनिक गरेका छन्।
यस्तो छ बिज्ञप्ति


