Jul 27 2026 | २०८३, श्रावण ११ गते

एभरेस्ट इनोभेटिभ स्कुल/ कलेजले गर्यो विद्यार्थीहरुलाई स्वागत तथा बिदाई

एभरेस्ट इनोभेटिभ स्कुल/ कलेजले गर्यो विद्यार्थीहरुलाई स्वागत तथा बिदाई

  • 447
    SHARES

  • एभरेस्ट इनोभेटिभ स्कुल/ कलेजले गर्यो विद्यार्थीहरुलाई स्वागत तथा बिदाई

    भदौ, १७ गते/ काठमाडौ । एभरेस्ट इनोभेटिभ कलेजले कक्षा ११ का विद्यार्थीलाई भब्य स्वागत तथा कक्षा १२ पासआउट भएका विद्यार्थीलाई बिदाई गरेको छ। सोमवार काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरको सभाहलमा एक भव्य कार्यक्रमका बीच स्वागत तथा कार्यक्रम गरेको हो।

    IMG_0314.JPG

    स्वागत तथा बिदाई कार्यक्रम EIC का प्रिन्सिपल दिपक कुमार झाको सभापतित्व तथा वरिष्ठ साहित्यकार, कवि नवराज लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाली चलचित्रको पहिलो नायिका भुवन चन्द, EIC का अध्यक्ष शंकर दुलाल, सिइओ हरिप्रसाद काफ्ले, प्रशासन प्रमुख राम प्रसाद पौडेल, ब्यबस्थापन कोर्डिनेटर गोपालप्रसाद दुलाल, बिज्ञान कोर्डिनेटर सुदर्शन श्रेष्ठ, लगाएत शिक्षक, कर्मचारीको उपस्थिति रहेको थियो।

    IMG_0221.JPG

    उक्त कार्यक्रम औपचारिक र अनौपचारिक दुई सत्रमा बिभाजन गरिएको थियो। जसमा औपचारिक कार्यक्रम EIC का विश्वविद्यालय संयोजक किशोर काफ्लेले संचालन गर्नुभयो। अनौपचारिक कार्यक्रम विद्यार्थिहरुले संचालन गरेका थिए। औपचारिक कार्यक्रम प्रमुख अतिथि नवराज लम्सालले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो। उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नवराज लम्सालले एभरेस्ट इनोभेटिभ कलेजका विद्यार्थीहरु पढाई संगसंगै अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट भएको सुन्दा खुशी लागेको बताउनुभयो। उहाँले बाहिर हिड्दै गर्दा कहि कतै राम्रो कार्य गरिरहेको EIC को विद्यार्थी हेर्न उत्सुक रहेको बताउनुभयो। साहित्यकार लम्सालले जतिसुकै राम्रो पढाइ भएपनि संस्कार भएन र बुबा आमालाई सम्मान गरेन भने त्यसको मूल्य नहुने बताउनुभयो।

    IMG_0334.JPG

    कक्षा १२ मा A+ ल्याउने विद्यार्थीहरु स्नातक तहमा समेत बिश्वबिद्धालय टपर भएको सुन्दा खुशी छु तर कक्षा १२ पछि बिदेश जाने र देश बिर्सेर उतै बस्ने कुरा भने गलत भएको भन्दै आफ्नो देश, समाज र आमा बुबाप्रती माया नदेखाउने संस्कार गलत भएको लम्सालको भनाई छ। उहाँले बुबाआमाले छोराछोरीहरुको लागि सपना देख्ने भएकोले बुबाआमाको इच्छा पूरा गर्नुपर्ने बताउनुभयो ।

    IMG_0347.JPG

    उक्त कार्यक्रममा बोल्दै कलेजका EIC नेटवर्कका अध्यक्ष शंकर दुलालले एभरेस्ट इनोभेटिभ कलेजको विद्यार्थीहरुले हरेक बर्ष उत्कृष्ट नतिजा प्राप्त गरेको सुन्दा अत्यन्तै हर्षित हुने बताउनुभयो। उहाँले विद्यार्थीहरुको उज्यालो भविष्यको लागि कलेजले सधै मिहेनत गरेको र विद्यार्थीहरुले समेत कठिन मिहेनत गरेर पढेको प्रति खुसी ब्यक्त गर्नुभयो।

    IMG_0276.JPG

    कार्यक्रममा कलेजका CEO हरिप्रसाद काफ्लेले एभरेस्ट इनोभेटिभ स्कुल/कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने उत्कृष्ट नमुना भएको बताउनुभयो । हरेक बर्ष नेपाल प्रथम नतिजा ल्याउन सफल कलेज हो। यस वर्ष कक्षा १२ मा पुर्णिामा श्रेष्ठले ३.९५ जिपिए सहित मेनेज्मेन्ट समुहबाट नेपाल टप गरिन, यो एउटा उदाहरण हो, काफ्लेले भन्नुभयो ।

    IMG_0257.JPG

    त्यसैगरी उक्त कार्यक्रममा बोल्दै प्रशासन प्रमुख राम प्रसाद पौडेलले विद्यार्थीहरुलाई उत्प्रेरक मन्तव्य मार्फत कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्नुभयो। साथै कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई भन्दा पनि सम्मान गर्दै स्नातक तहमा अध्यायनको लागि स्वागत गर्न आतुर रहेको बताउनुभयो।

    IMG_0245.JPG

    विद्यार्थीहरु कलिलै उमेरमा बुझ्दै नबुझी बिदेश जाने क्रम बढेको प्रती चिन्तित हुँदै विश्वभरी प्रतिस्पर्धा गर्न सक्ने शिक्षा नेपालकै बिश्वबिद्धालयमा पढ्न पाइने भन्दै कक्षा १२ सकेर बिदेश जाने क्रम रोक्नुपर्ने पौडेलको भनाई छ। उहाँले त्रिभुवन विश्वविद्यालयमा समेत नेपाल प्रथम नतिजा एभरेस्ट इनोभेटिभको भएकोले BCA, BBS र BASW पढ्ने विद्यार्थीलाई स्नातक तहमा स्वागत गर्ने बताउनुभयो ।

    IMG_0342.JPG

    स्वागत तथा बिदाई कार्यक्रममा उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। त्यसै क्रममा ब्यबस्थापन तर्फ कक्षा १२ मा ३.९५ जिपिए ल्याएर बोर्ड टपर गर्ने विद्यार्थी पुर्णिामा श्रेष्ठ लगाएत उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको थियो। साथौ कार्यक्रममा वरिष्ठ कलाकार तथा अभिनेत्री भुवन चन्दलाई सम्मान गरेको थियो।

    IMG_0289.JPG

    IMG_0194.JPG

    कार्यक्रमको दोश्रो तथा अनौपचारिक सत्रमा विद्यार्थीहरुले विभिन्न संस्कृतिक नृत्य, गायन तथा प्रहसनहरु प्रस्तुत गरेर आफ्नो प्रतिभाहरुको प्रदर्सन गरेको थिए।

    IMG_0233.JPGIMG_0178.JPGIMG_0121.JPGIMG_0159.JPG

    images
    मंगलवार, भाद्र १७ २०८२०६:५५:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार