बिहिवार, भाद्र १९ २०८२
हदौ, १९ गते/ काठमाडौँ। म्याग्दीको धवलागिरी गाउँपालिकाले सामुदायिक विद्यालयलाई चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक तलबी माग फारम पेस गर्न आग्रह गरेको छ। गाउँपालिकाले आवश्यक कागजातसहित तोकिएको समयभित्र माग फारम पेस गर्न विद्यालयलाई अनुरोध गरेको हो।
गाउँ कार्यपालिकाको २०८२ साउन १५ गतेको बैठक निर्णयअनुसार विद्यालयले माग फारम पत्र प्राप्त भएको सात दिनभित्र पेस गर्नुपर्ने व्यवस्था गरेको थियो।
माग फारममा प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहयोगी, विद्यालय सहायक कर्मचारी (लेखापाल) शिक्षण सहयोग अनुदान, गाउँपालिका अनुदान शिक्षक, प्रधानाध्यापक खर्च उपलब्ध छ।
बालविकास शिक्षक (ईसीडी शिक्षक) को १८ हजार, विद्यालय सहयोगीको १७ हजार २५०, विद्यालय सहायक कर्मचारी (लेखापाल) को तलब २० हजार उल्लेख छ।
त्यस्तै दिवा खाजाको लागि २५ रुपैया माद्यामिक - १५०० र आधारभूत १००० तोकिएको छ।
यस्तो छ पालिकाको पत्र
