Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यार्थीमैत्री विधेयक चाहियो - विद्यार्थी संगठन ।

विद्यार्थीमैत्री विधेयक चाहियो - विद्यार्थी संगठन ।

  • 655
    SHARES

  • विद्यार्थीमैत्री विधेयक चाहियो - विद्यार्थी संगठन ।

    भदौ, १९ गते/ काठमाडौँ। विद्यालय शिक्षा विधेयक विद्यार्थीमैत्री बनाउन माग राख्दै आएका विभिन्न १७ विद्यार्थी संगठनका नेताहरूले संयुक्त रुपमा राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। विद्यार्थी मैत्री विद्यालय शिक्षा विधेयकको माग गर्दै बुधवार राजनीतिक दल निकट विद्यार्थी संगठनका प्रतिनिधिहरूले संयुक्त रूपमा शीतल निवासमा राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाएका हुन्।

    अनुसार राष्ट्रपतिसँग विद्यार्थीको हितमा शिक्षा ऐन जारी गर्न अनुरोध गरिएको एक नेतले जानकारी दिए । सो क्रममा उनीहरूले हालको विद्यालय शिक्षा विधेयक विद्यार्थीभन्दा बढी शिक्षकमैत्री बनेको समेत राष्ट्रपतिलाई सुनाएका थिए।

    जबाफमा राष्ट्रपति पौडेलले शिक्षा विधेयक विद्यार्थीमैत्री बनाउन पहल गर्ने बताएका थिए।

    विद्यार्थी संगठनहरूले यसअघि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई ज्ञापनपत्र बुझाएका थिए।

    विद्यार्थी संगठनहरूले शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाको विदेश पलायनलाई प्रोत्साहन गर्नेगरी विधेयक आएको भन्दै संघर्षका कार्यक्रमहरू गरेका छन्।

    उक्त कार्यक्रमअन्तर्गत राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री, प्रमुख सचेतक बर्तौलालाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। अब प्रतिनिधिसभा सभामुख, राष्ट्रियसभा अध्यक्ष र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी उनीहरूको छ।

    images
    बिहिवार, भाद्र १९ २०८२०७:४२:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार