शुक्रवार, भाद्र २० २०८२
भदौ, २० गते/ काठमाडौ। कामना ईन्टरनेशनल स्कुल तथा कलेजले कक्षा ११ का बिधार्थीहरुलाई स्वागत तथा कक्षा १२ का बिधार्थीहरुलाई बिदाई तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा बिहिबार एक भब्य कार्यक्रमका विच स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रम कामना फाउन्डेसनका अध्यक्ष पदम प्रसाद भट्टराईको सभापतित्व तथा शिक्षा बिकास तथा समन्वय इकाई काठमाडौँका प्रमुख समन्तमणी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
त्यस्तै विशेष अतिथिको रुपमा प्याब्सन नागार्जुन अध्यक्ष वासुदेव घिमिरे, सानका अध्यक्ष दिलिप रेग्मी, प्याब्सन महानगरका उपाध्यक्ष रबिन बस्नेत, नोप्सोका अध्यक्ष राजेश्वर श्रेष्ठ, सानका उपाध्यक्ष प्रकाश मरासिनी, निक एकेडेमीका प्रिन्सिपल सुगन्धराज रेग्मी, ग्लोबल भिजन स्कुलका प्रिन्सिपल चन्द्र वाग्ले, समाजवेसी डा. आलोक प्रसाई लगाएत विशिस्ठ शैक्षिक व्यक्तित्व तथा समाजसेविहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्वघाट्न प्रमुख अतिथि समन्तमणी आचार्यलेले दिप प्रजव्लन गरी गर्नुभयो । कार्यक्रम संचालन विद्यालयका प्रिन्सिपल नवराज पाण्डेले गर्नुभयो। त्यस्तै कार्यक्रममा कलेज संयोजक लक्ष्मी कान्त खनालले स्वागत मन्तव्य दिनुभयो ।

समारोहका प्रमुख अतिथि समन्तमणी आचार्यले स्कुल तथा कलेजले विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्ने गरेको बताउनुभयो । साथै उहाँले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा कामना स्कुल तथा कलेजको योगदानको प्रसंसा गर्नुभयो। उहाँले निजि विद्यालयहरूलाई ढुक्कले संचालन गर्न अनुरोध अर्दै राज्यले सम्पतिको सुरक्षा गर्ने बताउनुभयो ।

कामना इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख महेश श्रेष्ठले कलेजको मुख्य उदेश्य विधर्थीहरुको शैक्षिक गुणस्तरलाई मात्र नभएर बिद्यार्थीहरुको सामाजिक तथा व्यवहारिक ज्ञानलाई पनि बिकास गर्दै एक सफल र सक्षम व्यक्ती निर्माण गर्नु रहेको बताउनुभयो । क्याम्पस प्रमुख श्रेष्ठले विद्यार्थीहरुलाई बिदाई नभाई बधाई भएको र स्नातक तहमा स्वागत गर्न आतुर रहेको बताउनुभयो।

कार्यक्रमको सफलताको शुभकामना दिदै बिशेष अतिथि वासुदेव घिमिरेले कामना स्कुल/कलेजले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा, ब्यावहारीक ज्ञान सामाजिक चेताना र उत्कृष्ट शिक्षा सहुलियत मुल्यमा प्रदान गरेको बताउनुभयो ।

कार्यक्रमका सभापती तथा कामना फाउन्डेसनका अध्यक्ष श्री पदम प्रसाद भट्टराईले कामना इन्टरनेशनल स्कुल तथा कलेजले न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै निरन्तर दत्तचित्त भएर लागिपर्ने बताउनुभयो।

कार्यक्रममा कक्षा१२ का विद्यार्थीलाई मायाको चिनो सहित सम्मान गरिएको थियोे । विद्यार्थीहरूले नेपाली संस्कृति झल्किने विभिन्न साँस्कृतिक कार्यक्रम गरि मनोरन्जन दिएका थिए । कार्यक्रममा कामना फाउन्डेसनका तर्फबाट अतिथी, बिशेष अतिथी तथा प्रमुख अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।











