Jul 27 2026 | २०८३, श्रावण ११ गते

कुलेश्वर आवास माविले गर्यो कक्षा ११ लाई स्वागत तथा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई

कुलेश्वर आवास माविले गर्यो कक्षा ११ लाई स्वागत तथा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई

  • 386
    SHARES

  • कुलेश्वर आवास माविले गर्यो कक्षा ११ लाई स्वागत तथा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई

    भदौ, २२ गते/ काठमाडौ। कुलेश्वर आवास माद्यामिक विद्यालयले कक्षा ११ का विद्यार्थिहरुलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

    कामनपा १४ कुलेश्वरस्थित विद्यालयको सभाहलमा शनिवार एक भब्य कार्यक्रमकाविच स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको हो।

    IMG_1090.JPG

    कार्यक्रम कुलेश्वर आवास शैक्षिक गुठिका अध्यक्ष तथा ब्यबस्थापन समितिका सदस्य राजु दाहल शर्माको सभापतित्व तथा  बागमती प्रदेश सांसद नुरज बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । 

    कार्यक्रमको उद्वघाट्न प्रमुख अतिथि नुरज बज्राचार्यले दिप प्रजव्लन गरी गर्नुभयो । कार्यक्रम विद्यालय शिक्षक पृथ्वी मगरले संचालन गर्नुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सांसद नुरज बज्राचार्यले कुलेश्व आवास माद्यामिक विद्यालयले विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्ने गरेको बताउनुभयो । उहाँले कुलेश्वर आवास माविलाई प्रदेश सरकारबाट सहयोग गर्ने बताउनुभयो। विद्यार्थीहरुले कक्षा १२ पछि देशमै उद्धम गर्रनुपर्ने सांसद बज्राचार्यको भनाई छ।

    IMG_1127.JPG

    कार्यक्रममा स्कुल कोर्डिनेटर तथा कुलेश्वर आवास क्याम्पसका सहायक प्रमुख प्रकाश भण्डारीले मन्तव्य दिनुभयो। उहाँले आजको विद्यार्थीहरु भोलिको देश निर्माण गर्ने जनशक्ति भएकोले कुलेश्वर आवासमा अध्ययन गर्न आउनुभएका विद्यार्थी भाइबहिनीहरुलाई त्यो हैसियतमा पुर्‍याउन स्कुलले मिहेनत गर्ने बताउनुभयो।

    IMG_1187.JPG

    त्यसैगरी स्वागत तथा बिदाई कार्यक्रममा बोल्दै विद्यालय प्राचार्य तथा क्याम्पस प्रमुख मेघराज दुलालले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्नुभयो। त्यस्तै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई उच्च- शिक्षा अध्यायनको शुभकामना दिनुभयो गर्नुभयो।

    IMG_1099.JPG

    उक्त कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई मायको चिनो प्रदान गरिएको थियो।

    IMG_1045.JPG

    औपचारिक कार्यक्रमको अन्त्यमा सभापती राजु दाहाल शर्माले कुलेश्वर आवास माद्यामिक विद्यालयले न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै निरन्तर दत्तचित्त भएर लागिपर्ने बताउनुभयो।

    IMG_1210.JPGIMG_1134.JPG

    IMG_1184.JPG

    उक्त कार्यक्रममा विद्यालय व्यबस्थपन समिती सदस्य अच्युत सापकोटा, सह प्रधानाध्यापक तथा गुठियार सुरेश सुवेदी, गुठियार सन्तोष सिग्देल, त्रिलोचन प्रसाद जोशी, रमिला श्रेष्ठ, राजकुमार श्रेष्ठलगाएत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    IMG_1057.JPGIMG_1203.JPG

    उक्त कार्यक्रमको अनौपचारिक सत्रमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य तथा गायन मार्फत आफूसंग भएका प्रतिभाहरु प्रस्फुटन गर्दै मनोरञ्जन गरेका थिए।

    IMG_1280.JPGIMG_1350.JPGIMG_1324.JPGIMG_1321.JPGIMG_1238 (1).JPGIMG_1312.JPGIMG_1249.JPG

    images
    आइतवार, भाद्र २२ २०८२०७:२६:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार