सोमवार, भाद्र २३ २०८२
२३ भदौ, काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या स्कूलको वेबसाइट ह्याक भएको छ । स्कूलको वेबसाइटमा अहिले जेनजी प्रदर्शनको प्रचार सामग्री देखिन्छ ।
आज काठमाडौंमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा जेनजीहरूले प्रदर्शन गर्दैछन् । त्यसको पूर्वसन्ध्यामा पद्मकन्या स्कूलको वेबसाइट ह्याक भएको बताइएको छ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि अहिले प्रयोगकर्ताहरूले भीपीएन प्रयोग बढाएका छन् । सरकारले भीपीएन प्रयोग नगर्न अनुरोध समेत गरेको छ ।